१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ: नेता महतो

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

न्यूजमधेश डेस्क
मोरंग ,२० माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ ।

सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उल्लेख गर्दै ७० वर्षका अवधिमा जनताको भन्दा प्रमुख राजनीतिक दलका नेतृत्वको स्वार्थका कारण सात वटा संविधान आएको बताउनुभयो ।

पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद् विघटनले विधिको शासन उल्लङ्घन भएको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिरलगायतले जसपा प्रगतिशील र नवीन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशिताका सवालमा पार्टी गम्भीर रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]