१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

प्रचण्ड – माधवले झुक्याएर हस्ताक्षर गराएकाहरु आफूतिर फर्किन थालेु : प्रधानमन्त्री ओली

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,८ फागुन । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् ।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे ।

उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेकाहरु आफूतिर फर्किन थालेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई आफ्नो समूहमा फर्किएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गर्दै उताबाट फर्केर आफूकहाँ आउन पनि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]