०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

डा सीके राउत भोली तिनकौरीया पुग्दै

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत बुधबार (भोली) धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया जाने भएका छन् ।

डा.राउतले बुधबार बिहान ११ बजे जनमत पार्टी विदेह नगरपालिकाको नगर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको युवा नेता धिरज मण्डलले जानकारी दिए ।

उनका अनुसार पार्टीको नगर कार्यालय उद्घाटन गरेर शहिद नगरपालिकाको यदुकुहामा आयोजित नगर अधिवेशनलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]