०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो : डा राउत

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ फागुन । भ्रष्टचारी, तस्कर, गुण्डा नेता राजलाई अन्तगरी जनताको राज स्थापना गर्नकै लागि जनमत पार्टीको जन्मिएको डा सीके राउतले बताए ।

शनिवार धनुषाको सबैला नगरपालिका स्थित भठियन बजारमा आयोजित प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्।

‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’

डा राउतले अब मधेस र मधेसीलाई दमन, शोषण र विभेदबाट मुक्ति दिलाउने एक मात्र विकल्प जनमत पार्टी नै रहेको जिकिर गरे ।

सो कार्यक्रमा जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंह ,ईन्द्रजित यादव ,युवा नेता संजय यादव ,जिल्ला इन्चार्ज अनिता साह,जिल्ला संयोजक दीपनारायण यादवको समेत उपस्थितमा नगर अधिवेश सम्पन्न भएको छ ।

त्यसैगरी धनुषा जिल्ला क्षेत्र २ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिता ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य इन्द्रेश झा ,दलित जनमत संघ प्रदेश २ संयोजक रघुबीर दास ,पार्टीका महिला नेत्री रेखा मण्डल ,युवा नेता कैलाश साहसहितको उपस्थित रहेको थियो ।

उक्त अधिवेशनबाट जनमत पार्टी सबैला नगरपालिकाको अध्यक्षमा संजय प्रधानलाई चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । सरकार जोगाइदिन सहयोग माग्दै उपेन्द्र आज बिहान लोसपा अध्यक्ष महन्थ ठाकुर […]