१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकको ब्रह्मलुट

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ फागुन । जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ ।

जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको डे«सिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो । मोटरसाइकल दुर्घटना हुँदा खुट्टामा चोट लागेर उपचार गराइसकेका एक व्यक्ति केहि दिनपछि डे«सिङ गराउने उक्त क्लिनिकमा पुगेका थिए ।

डाक्टर गोपाल प्रसाद यादवले संचालन गरेका सो क्लिनिकले ति विरामीसँग १३ हजार २४९ रुपैया लिएको छ । उनलाई क्लिनिकले बिल समेत नक्कली दिएको छ । खुट्टामा चोट लागेका विरामीको डे«सिङ गर्न १३ हजार लिएको सुन्दा आश्चर्य लागेको एक डाक्टरले बताए । उनले भने, ‘सवारी धनीसँग रकम असुल्न त्यतिधेरै कमको बिल बनाएको हुनसक्छ ।

तर त्यसो गरेको हो भनेपनि क्लिनिकको बदमासी हो ।’ ड्रेसिङ गर्न १३ हजार बढी रुपैया लिनु ब्रह्मलुट हो– ति डाक्टरले भने ।

यसविषयमा क्लिनिक संचालक डा। यादवसँग सम्पर्क गर्दा हुन सकेन । कमिशनको खेलका कारण विरामीलाई जनकपुरका अस्पताल तथा क्लिनिकहरूले लुटिरहँदा पनि नियमनकारी निकाय मौन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]