११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षारोपण गर्ने

Logo
प्रकाशित शुक्रबार, आषाढ १३, २०७६

सोलिन्द्र चौधरी
जनकपुरधाम ,असार १३ गते : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा एक करोड वृक्षारोपण गर्ने भएको छ। चुरे क्षेत्रमा भएको वन विनासले मधेसमा समस्या हुँदै आइरहेको भन्दै वृक्षारोण अभियान थाल्नी गर्न गइरहेको छ।

त्यसैगरी ‘घर(घर जायें, पौधे लगायें, पर्यावरण बजायें’ नाराका साथ जनमत पार्टीले असार १५ बाट वृक्षारोपन अभियान सुरु गर्दैछ। असार १५ गते जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई वृक्षारोपण गर्न सो पार्टीले आग्रहसमेत गरिएका छन। मधेसलाई मरुभूमीकरणबाट जोगाउन वृक्षारोपण अभियान सुरु गर्न लागेको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले न्युज मधेशलाई जानकारी दिएका छ्न।

मधेसको रक्षा गर्न १ करोड विरुवा लगाउने सोच बनाएको उनले बताए। ‘चुरे विनासले मधेस खतरामा छ। कलमा पानी आउँदैन। मनसुन ढिलो आउँछ। वर्षातमा अनियन्त्रित बाढी आउँछ’, उनले भने, ‘त्यसैले वृक्षारोपणको विकल्प छैन।’

नेता यादवका अनुसार वृक्षारोपण अभियान पहिल्यैदेखि चल्दै आए पनि विरुवा अभावले निरन्तरता दिन सकेका थिएन। अब वन विभाग र स्थानीय तहसँगको सहकार्यमा वृक्षारोपण अभियान सुरु हुँदैछ। विरुवा उपलब्ध गराउन पार्टीले जिल्ला वन कार्यालय र स्थानीय तहलाई पत्राचारसमेत गरिसकेको छ। विरुवा उपलब्ध गराउन केन्द्रीय स्तरमा समेत समन्वय गरिएको बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]