११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

राराब क्याम्पस प्रमुखको कार्यकक्षमै विद्यार्थीले १८ बुंदे माग सहित तालाबन्दी गरे

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

नितेश यादव
जनकपुरधाम, असार १७ गते ।जनकपुरको रामस्वरूप रामसागर बहुमुखि क्याम्पस प्रमुखलाई विद्यार्थीले कार्यकक्षमा तालाबन्दीगरेका छन् । क्याम्पसले पठन-पाठनमा ध्यान नदिएको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हो ।गत १५ गतेदेखिनै कक्षा सञ्चालन हुनुपर्नेमा क्याम्पस प्रमुख बिरेन्द्र यादवका कारण क्याम्पसको पठन(पाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको राष्ट्रिय बिद्यार्थी संघका राराब इकाई कमिटी अध्यक्ष दिनेश यादवले आरोप लगाउनु भयो ।पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएको लगायतका १८ बुँदे माग सहित मंगलबार बिहान विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । आफूहरुले पटक पटक क्याम्पस प्रमुखलाई पठन(पाठनमा ध्यान दिन आग्रह गरेपनि उनले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अध्यक्ष यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]