१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

पूर्वसांसद एवम् राज्यमन्त्री संजय साह ( टकला )लाई जन्मकैद फैसला

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

प्रमोद कुमार साह
जनकपुरधाम ,असार १७ गते। जिल्ला अदालत धनुषाले पूर्वसांसद् एवं राज्यमन्त्री सञ्जय कुमार साह ( टकला)लाई पुनः जन्मकैदको फैसला मंगलबार अदालत सुनाएको छ।जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पुर्व सांसद साहलाई जन्मकैदको फैसला सुनाएको हो । यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुरधाम बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो । सिंहानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो । मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुईजनालाई जन्मकैदको फैसला सुनाएको हो ।अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले संजयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको छ । घटनामा संलग्न भनिएपनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]