१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

मैत्रीपुर्ण फुटबल टुर्नामेन्टमा मुरिबा टिमलाई हराउदै धबौली टिमले विजय हासिल गरे

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

राम सागर मण्डल , जनकपुरधाम,असार १८ गते । धनुषा जिल्लाको पुर्वी क्षेत्रमा रहेको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा आजबाट थाल्नी गरिएको छ। प्रथम गेम धबौली टिमले जितिएका छन ।बुधबारदेखि धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीमा गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका हुन् । तोकिएको ९० मिनेटको खेलमा धबौली टिम र मुरिबा टिमबीच भएको खेलमा दुवैले १ र१ गोलको बराबरी गरेपछि पेनाल्टी प्रणाली गएका थिए । उक्त खेलमा पेनाल्टीको क्रममा धबौली टिमले ४ गोल गरेका थिए।भने मुरिबा टिमले ३ गोल गरेपछि धबौली ४ र३ गोलान्तर्ले जित हाँसिल गरेको आयोजक सँस्था उज्वल नेपालका अध्यक्ष रोशन गोईतले न्यूजमधेश कुराकानी गर्दै भने यो मैत्रीपूर्ण खेल शुक्रबारसम्म चल्नेछ । धबौली, मुडिबा, खजुरी र गिद्धा गरी ४ टिम भाग लिएको छ।त्यसैगरी भोली विहिबार भने खजुरी र गिद्धाबीच खेल हुने भएको छ भने विहिबार विजयी हुने टिमले धबौली टिमसँग प्रतिष्पर्धा गर्ने बताएको छ । खजुरीको प्रसाहा मैदानमा जारी टुर्नामेन्ट दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

जनकपुरधाम । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन्। माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्‍याउन कुम्भकारलाई भ्याईनभ्याई छ। तराई-मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ। दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका-४ हरैया टोलका अधिकांश कुम्भकारको […]

जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच […]