१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

परासीमा मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो ।

दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । स्थानीय हाटबजारहरुमा आफै तरकारी बिक्री गर्दै आउनुभएका कोइरीले कोरोना भाइरसको महामारी शुरु भएपछि विगत दुई वर्षदेखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गर्नुभयो ।

एक बिघा भन्दा बढी जग्गामा उहाँले लगाएका तरकारी बारीमा लटरम्म फलेका छन् । उहाँले मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गर्नुभएको छ । बजार लैजान नपाएपछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोइरी बताउनुहुन्छ । यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीन क्विन्टल बढी मुला नोक्सान भएको उहाँले बताउनुभयो ।

गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उहाँले बताउनुभयो । अहिले बजारमा मुला प्रति केजी रु २० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ । तरकारीखेती बाटै घर घडेरी जोड्नु भएका कोइरीले तीनजना छोराछोरीलाई उच्च शिक्षासम्म पढाउन सफल हुनुभएको छ ।

तर, विगत दुई वर्षदेखि तरकारीमा ठूलो क्षति सहनुपरेको उहाँ बताउनुहुन्छ । महामारीबाट बच्न निषेधाज्ञा जरुरी रहेको बताउँदै उहाँले कोभिड प्रभावित कृषकलाई उचित राहत ल्याउनुपर्ने माग गर्नुभयो ।

बजारमा तरकारी पाउन छोडेपछि उपभोक्ता पनि कृषकको बारीमा तरकारी खोज्दै पुग्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम र निषेधाज्ञाका कारण कृषकको खेतमा ताजा तरकारी किन्न आएको स्थानीय अर्जुन क्षेत्रीले बताउनुभयो । कृषकहरूको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको देख्दा दुःख लागेको उहाँले बताउनुभयो ।

पन्ध्र धुरमा मुलाखेती गर्नुभएका अर्का कृषक रामनरेश राय पनि मुला बिक्री नभएर चिन्तित हुनुहुन्छ । उहाँ पनि यस क्षेत्रका सफल तरकारी कृषक हुनुहुन्छ । एक बिघा भन्दा बढीमा उहाँले विभिन्न जातका तरकारीखेती गर्नुभएको छ । मुलाखेतीमा भने घाटा सहनुपरेको उहाँ बताउनुहुन्छ ।

बीउ, मल र ज्याला खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा खेतमै नष्ट गर्नुप¥यो। “खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, अहिले फेरि बिक्री गर्न पाईएन”, उहाँले भन्नुभयो । कोरोना सङ्कट लम्बिरहे अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको कृषक रायको भनाइ छ ।

विगतमा तरकारी खेतीबाट मनग्य आम्दानी गरेर घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले थला पर्नुपर्ने अवस्था आएको कृषक बताउँछन् । बजारमा लैजान नपाए पछि गाउँमै बाँड्ने वा खेतमै आउने उपभोक्तालाई सस्तो मूल्यमा मुला लगायत तरकारी बिक्री गर्नुपरेको कृषकको दुखेसो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]