२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

महन्थले सोधे उपेन्द्रलाई स्पष्टीकरण

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्।

पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्।

३ दिनभित्र जवाफ दिन भन्दै ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन्।

संविधानको धारा ७६(५) अनुसार सरकार गठनको पक्रियामा केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय विपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

तपाईंले मिति २०७८/०२/०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५) अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८/०२/०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयोरुु यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

संविधानको धारा ७६(५) अनुसार सरकार गठनको पक्रियामा केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय विपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

तपाईंले मिति २०७८/०२/०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५०)अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८/०२/०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयोरुु यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिइ विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु सञ्चालन गरेको समेत आरोप लगाएका छन्।

यस्तै, आफ्नो जानकारी बेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुलाई किन कारबाही गरेका भनेर पनि ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

यस्तै, संसद विघटनविरुद्ध विपक्षी गठवन्धनका सांसदहरुले दायर गरेको रिटमा किन हस्ताक्षर गरेका भनेर समेत ठाकुरले यादवलाई प्रश्न सोधेका छन्। तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयोरुु ठाकुरले यादवलाई सोधिएको स्पष्टीकरणमा प्रश्न गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]