१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

प्राविधिक विद्यार्थी परिषद्द्वारा एसईईको नतिजा सच्याउन माग

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

सुरेन्द्र सिंह
जनकपुरधाम, असार २१गते।माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा सच्याउन प्राविधिक विद्यार्थी परिषद्द्वारा सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ र प्राविधिक विद्यार्थी परिषद प्रदेश नं.२ द्वारा जारी प्रेश विज्ञप्तिमा एसईईको नतिजामा भएको गम्भिर त्रुटि सच्याउन माग गर्दै माध्यमिक परिक्षा बोर्डलाई ध्यानाकर्षण गराएका छन् ।एसईई परिक्षाको नतिजा प्रकाशित भएपनि जनकपुर भित्रका केही विधालयको Symbol Number हेरफेरर भएको हुँदा संबन्धित निकायद्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रिय स्तरमा ख्याति प्राप्त कतिपय कलेजहरुमा कक्षा ११ को भर्ना प्रकृय अघि बढीसक्दा पनि सम्बधित निकायले नतिजा सच्याउनमा कुनै चासो नदिएको हुँदा विद्यार्थीको भविष्यनै अन्धकारमा पुगेको प्राविधिक विद्यार्थी परिषद प्रदेश नं।२का अध्यक्ष इन्द्रजित गोइतले बताए । त्रुटिपूर्ण रहेको एसईई परीक्षाको नतिजा छिटोभन्दा छिटो नसच्याएमा र आगामी दिनमा विद्यार्थीको भविष्य संग खेलवाडहुने कुनैपनि गतिविधि भएमा शसक्त आन्दोलनमा जाने संघका अध्यक्ष गोइतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]