१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

अझै रोकिएन बालश्रम

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
नेपालगन्ज,२७ असार । नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ ।

झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमूक्त जिल्ला’ घोषणा गरे । घोषणा गर्दा नै यसमाथि प्रश्न उठाइएको थियो । त्यस बखत पनि बाँकेमा बालश्रम उन्मूलन नै भइसकेको थियो । गैरसरकारी संस्थाको घोषणा गर्नुपर्ने कार्यक्रम बमोजिम जिल्ला बालकल्याण समितिलाई फकाएर त्यसो गरिएको त्यति बेलै सुनिएको थियो ।

तथ्याङ्क अनुसार, नेपालगञ्जमा मात्रै अहिले झण्डै दुई हजार बढी बालश्रमिक विभिन्न उद्योग, व्यापार, व्यवसायमा कार्यरत छन् । राज्यको पुर्नःसंरचनापछि बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ । कूल आठ स्थानीय तह रहेको बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेको पुरानो तथ्याङ्कमा उल्लेख छ ।

कानूनतः १४ वर्ष उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइदैन, तर यहाका प्रायःजसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानमा सोही उमेरका बालबालिकालाई पनि श्रममा लगाएको सहजै देख्न सकिन्छ । ‘अनुगमन र नियमन गर्ने निकाय पनि यस सम्बन्धमा तै चुप, मै चुप भएर बसेका छन् ।

श्रम कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाले कहिले पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यवसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको सूचना बाहिर ल्याउने गरेका छ्रैनन्’—अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ का प्रमुख भोला महतको अनुभव छ ।

बाँकेलाई बालश्रममुक्त गर्ने अभियानमा अहिले फेरि पनि स्थानीय प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिका, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास) लगायतका सरकारी तथा गैरसरकारी निकाय क्रियाशील रहेपनि विगतमा गरिएको हतारपूर्ण निर्णयले फेरि पनि नतिजा सोचे जस्तो आउला भनेर ठोकुवा गर्ने अवस्था नभएको महतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]