२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

थुनुवाको चापले नै कारागार अस्तव्यस्त

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,४ श्रावण । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदीरथुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदीरथुनुवामात्रै राख्नसक्ने छ ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।

न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्र बताउनुहुन्छ । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।

“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भन्नुभयो, “यसले पछिल्लो एक महिनाभित्र क्रमशः थुनुवा घट्दै गएका छन् ।” गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ । कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ । “पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भन्नुभयो ।

पछिल्ला केही दिनयता धनुषाले पुरुष थुनुवा पठाउन छाडे पनि हाल कारागारमा रहेका कूल सङ्ख्याका कैदीरथुनुवामध्ये ६० प्रतिशतको हाराहारी धनुषाकै रहेका कारागार प्रशासनले जनाएको छ । दैनिक थपिनेमा कर्तव्य ज्यान, लागुपदार्थ दुव्र्यसन र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका मिश्र बताउनुहुन्छ ।

निकै पुरानो जीर्ण कारागार भवनको बसाइ निकै त्रासदीपूर्ण हुने गरेको कैदी÷थुनुवा बताउँछन् । “पन्ध्र दिन पनि भएको छैन, मटिहानीमा संस्कृत माध्यमिक विद्यालयको पुरानो भवन ढलेको छ”, पुरुष र महिला गरी दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा महिला कक्षकी एक थुनुवाले भन्नुभयो, “त्यो घटनायता दिनमा कैयन पटक हामी झस्कने गरेका छौँ ।” गत असार अन्तिम साता जिल्लाकै मटिहानीस्थित संस्कृत विद्यालयको १०० वर्ष पुरानो भवन ढलेको थियो । कारागारको छत र पर्खालबाट सिमेन्ट उप्किएर झर्ने गरेको र यो घटनाले भवन ढल्छ कि भन्ने त्रास हरदम रहने गरेको महिलाकक्षका कैदी÷थुनुवा बताउँछन् । जलेश्वरकै गहिरो ठाउँमा रहेको कारागारमा केहीबेर पानी पर्नासाथ निकासको प्रबन्ध नहुँदा कैदीरथुनुवाकक्षभित्र हिलाम्य हुने गरेको छ ।

कारागारको यो अवस्थाबारे मानवअधिकारवादी सङ्घ संस्थाले कारागार प्रशासन, जिल्ला प्रशासन र सुरक्षा निकायलाई सचेत गराउँदै आएका छन् । मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साह भन्नुहुन्छ, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदीरथुनुवा राखिनु पर्छ, कैदीरथुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी÷थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]