०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

धनुषाको सघारामा झिझिया नृत्य प्रतियोगिता सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८

न्यूजमधेश डेस्क
सघारा ,३० असोज । धनुषाको कमला नगरपालिका ४ सघाराका दुर्गा पुजा समितिले आयोजना गरेको झिझिया नृत्य  प्रतियोगिता सम्पन्न भएको छ ।

दुर्गा पुजा समिति सघाराका अध्यक्ष राम जुलुम गोइतको अध्यक्षतामा भएको झिझिया प्रतियोगितामा २ वटा टिमले सहभागिता जनाएको थिए ।

सो प्रतियोगितामा सघारा महरा टोलको टिम र भलुवाहा मुसहरीको झिझिया टिम रहेको थियो ।दुवै झिझिया टिमले
प्रतियोगितामा बराबर भएको मेला समितिले बताए ।

दुवै झिझिया टिमलाई कपडा र नगदसहित झिझिया खेल्ने किशोरीहरु र दुवै टिमका धामीलाई मेला समितिका अध्यक्ष राम जुलुम गोइतले सम्मान गरेको थियो ।

कार्यक्रममा दुर्गा मन्दिर समितिका संस्थापक अध्यक्ष उपेन्द्र यादव मास्टर साहेब ,समिताका सचिव राजेन्द्र यादव ,कोषाध्यक्ष निभा देवी यादव ,समितिका पदाधिकारी धर्मनाथ मण्डल ,स्थानीय युवा नेता मनिक लाल मण्डल ,जगतलाल मण्डल ,पप्पु गोइवार,राम नगिना साह,कृष्ण साहसहित स्थानीय बुद्धिजीवी ,समाजसेवी ,शिक्षकलगाईत हजारौंको संख्यामा दर्शकहरुको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको हो ।

झिझिया नृत्य प्रतियोगिता पाँच चरणमा भएको कार्यक्रम संचालक बिनोद महराले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

महोत्तरी । देशका अन्य भागको तुलनामा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधेसी आयोग नेपालले प्लान […]