१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

उगु उगु दिनानाथ बोलको गीत सार्वजनिक : शर्मा क्रिएशन

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

राजविराज, १७ कार्तिक । सूर्यदेवको अनुष्ठानका लागी मनाइने छठ पर्व तथा विभिन्न तिहारहरु नजिकिदै जादा बजारमा चलपहल बढेका छन् । दिपावलीको समेत एक दिन मात्रै बाँकि रहेकाले गाउँ देखी शहरसम्म धुमधामका साथ तयारी भइरहेको देखीन्छ ।
यतिवेला छठ पर्वको गीतहरु समेत बजारमा धमाधम निमार्ण भईरहेको सँगै गुन्जीरहेको पाइन्छ । सोही क्रममा राजविराज स्थित शर्मा क्रिएशनले ‘उगु उगु दिनानाथ’ बोलको मैथिली पारम्परिक छठ गीत सार्वनजनिक गरिएको छ ।
मैथिलि क्षेत्रकी चर्चित गायीका सुनिता साहको सुमधुर आवाजमा रहेको गीतको लेखक शिव कुमार झा (टिल्लु) रहेका छन् भने अशोक कुमारले संगीत दिएको हो ।
शर्मा क्रिएशन रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको निर्देशन सन्तोष मण्डलले गरेको भने, छयाङकन तथा सम्पादन चुनु शर्माले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]