१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

सप्तरीमा बाढिको पानीले २५ सय घरपरिवार डुवानमा

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

कमल कुमार मण्डल , राजविराज । अविरल वर्षाका कारण कतै बाढिबाट त कतै पानिको बहाब नभएकोले विभिन्न ठाउँमा समस्या खेप्नुपर्दै आएको छ । वर्षाका कारण बुधवार खाडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी डुबानमा परेका छन् । गाउँपालिकाको करिब २ हजार ५ सय परिवार बाढीबाट पीडितभएको गाउँपालिकाले जनाएका छन् ।
यसै गरी सोहि गाउँपालिकाका वडा नम्बर २, लौनियाँका करिब ४० परिवार पिडित भएका छन् । पानिको बहाब नभएकोले त्यहाँका बासिन्दाहरुले डुबानमा परेको हो । विगत साल पनि यसरी नै पानि थुनिएकोले आफुहरुलाई विभिन्न समस्या भोग्नुपर्दै आईरहेको स्थानिय युवा बैदानन्द कुमार मण्डलले बताएका छन् । उनले थपे– यसपाली पनि बाटोमा आवतजावत गर्नेमा निकै समस्या भइरहेको तथा दुषित पानि आंगनमा जमेकोले बिरामी हुने सम्भावना समेत देखिएको छ । बैदानन्दले भने– दिनमा नला खन्नेकाम सञ्चालन भएपछि आफुलाई केहि राहत भएको जस्तो लाग्यो तर रातिमा नला बाँधिएपछि अहिले संकटमा नै छौ ।
यस विषयमा जनप्रतिनिधिहरु खासै ध्यान नदिइएको स्थानिय जिवछ मण्डलले आरोप लगाएका छन् । बुधवार वडा कार्यालयबाट खटिएको जेसिबिले पानिको बहाबका लागी नला खनेपनि वडा अध्यक्षको कमजोरीले नाला सञ्चालन नभएको मण्डलले बताए । नला सार्वजनिक जग्गामा खनेपनि त्यँहाका बासिन्दाहरु नालामा जबरजस्ती माटो दिई अवरोध गरेको उनको भनाई छ । रातिमा वर्षा हुन्छ भने, हामीहरु अझै संकटमा पर्ने उनले दुखेसो सुनाए ।
के गर्दै छन् जनप्रतिनिधि?
आज बुधवार दिनमा जेसिबिले पानिको निकासका लागी तत्काल नल खन्ने कार्य वडा अध्यक्षले सञ्चालन गर्यो । तर, राति ९ः३० बजे नलाका काम सम्पन्न भए पछि, त्यहाँका बासिन्दाहरु पानीको मुहान थुनियो । वडा अध्यक्ष खगेन्द्र मण्डललाई जानकारी गराउदा उनले आफु अस्वस्थय भएको बताउदै नआउने बताए । केही समय मिलाएर आउन आग्रह गर्दा पनि उनले भने मिलाएर गर्नुस आउदै छु तर आउनसकिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]