०९ जेठ २०८२, शुक्रबार
23-05-2025 , Fri
×

तीन वटा गाडीसहित लाखौँ मूल्यको कपडा र सुपारी बरामद

Logo
प्रकाशित बुधबार, चैत्र ३०, २०७८

न्यूजमधेश डेस्क
झापा ,२९ चैत्र । देशकाे पूर्वी नाका मेचीनगरको विभिन्न स्थानमा तस्करी गतिविधि मौलाएको छ।

भन्सार छलेर नेपाल भित्रिएको लत्ताकपडा सहित दुई वटा गाडी नेकपा माओवादी केन्द्र निकट वाइसीएल कार्यकर्ताले नियन्त्रणमा लिएसँगै मेची नगरका नाकाहरूमा तस्करी गतिविधि बारे जानकारी भएकाे हाे।

काँकडभिट्टाबाट बिर्तामोड तर्फ जाँदै गरेको डब्लुबी ७४ पी १४५५ भारतीय नम्बर प्लेटको कार र को १ ज २४४० नम्बरको पिक अप गाडीमा भन्सार छलीका सामान आइरहेको विशेष सूचनाको आधारमा वाइसीएल बिर्तामोड नगर कमिटीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएको गाडीमा थान कपडा भए पनि भन्सार प्रज्ञापन पत्रसहित आवश्यक कागजात फेला नपरेपछि थप अनुसन्धानका लागि वाइसीएल कार्यकर्ताले मंगलबार साँझ इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जिम्मा लगाएका थिए।

सो गाडीमा ८ थान ठूलो रोलको थान कपडा, ३१ थान सानो रोल, ५ थान मोटर गार्ड, दुई बोरा कपडा, ३ बोरा मोटर पार्ट्स रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

बरामद गरिएको सामान र दुई वटा गाडीको ४० लाख मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी बुझाइसकेको डिएसपी पाठकले बताए।

त्यसैगरी नेपालबाट भारत लैजान खोजेका दुई सय केजी सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर– ६ स्थित बुधबारेबाट काँकडभिट्टा हुँदै तिरिङखोला तर्फ सुपारी बोकेर जाँदै गरेको मे १ च ४९८० नम्बरको पिकअप गाडी मंगलबार दिउँसो नियन्त्रणमा लिएको थियो।

गाडीमा २९ बोरा अर्थात् दुई सय केजी सुपारी रहेको प्रहरीले जनाएको छ।

सुपारी बोकेको गाडीको भिसिटिएस र भ्याट बिल नभएपछि आवश्यक कारबाहीका चालक, सुपारी र गाडी आन्तरिक राजश्व कार्यालय इटहरी बुझाइसकेको डिएसपी पाठकले बताए।

सुपारीको ५ लाख ७० हजार र गाडीको १० लाख गरी १५ लाख ७० हजार मूल्याङ्कन तोकेर राजश्वमा बुझाइएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]