०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

गाउँ–गाउँमा सिंहदरबार आवश्यक छैन, जनताको राज हुनुपर्छ : नव निर्वाचित मेयर माझी

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका नव निर्वाचित मेयर विरेन्द्र माझीसंग स्थानीय तहको निर्वाचन २०७९ को विषयमा स्थानीय सम्बाद गरिएको संचारकर्मी राम सुकुर मण्डलको सम्पादीत अशं ।

० जनताले तपाइँलाई के म्याण्डेड दिएर जिताए ?

— हाम्रो पहिलो एजेण्डा भ्रष्टाचारविरोधी अभियान नै हो । जनमत पार्टीले विगतमा पनि भ्रष्टाचारविरोधी आन्दोलन चलायो । भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका कार्यक्रम गर्दै आइरहेको छ । नेपाल सरकारको तर्फबाट प्राप्त बजेटको स्थानीय तहमा धेरै दुरूपयोग भएको हामीले हरेका छौं । त्यसैले, हाम्रो नगरपालिकामा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछौं । यहाँका जनताले सामन्तवादको अन्त्य गरेका छन् । अब जनता राज स्थापित हुन्छ । यो हनुमाननगर कंकालिनी नगरपालिकामा जनता राज आइसक्यो । म मेयरमा निर्वाचित भइसकेपछि धेरै संख्यामा जनताहरू विजय जुलुसमा सहभागी भएर एउटा सन्देश दिए कि यहाँ अब जनता राज कायम भयो । हामीले जनमत पार्टीको एजेण्डाअनुसार काम गर्नेछौं ।

० जनमत पार्टीले विगतमा स्थानीय तहका प्रतिनिधिहरूलाई छोटे राजाको संज्ञा दियो, व्यापक भ्रष्टाचार र अनियमितता हुन्छ भनेर भन्यो । अब त्यो ठाउँमा जनमत पार्टीको प्रतिनिधि आएका छन्, भ्रष्टाचार र अनियमितता हुँदैन भनेर कसरी सुनिश्चितता गर्नुहुन्छ ?

— यसअघि यो पालिकामा खुल्लारूपमा भ्रष्टाचार र अनियमितताहरू भइरहेको हामीले हे¥यौं । विगतका जनप्रतिनिधिहरूले गरेका भ्रष्टाचार वा अनियमितता अब यो पालिकामा हुँदैन भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । कुनै पनि योजना वा कार्यक्रममा कमिशन हुन्थ्यो त्यो कुरा पूर्णरूपमा यहाँ बन्द हुन्छ । पहिला यो नगरपालिकामा करारमा कर्मचारी राख्दा लाखौं रूपैयाँ घुस लिइन्थ्यो । तर अब ती कुराहरू हुँदैन । जनताले नै त्यस्तालाई जवाफ दिइसकेका छन् । हामी जनताको भावनाअनुसार काम गर्छौं । विभिन्न चुनौतीहरू हाम्रा सामु छन्, ती सम्पूर्ण चुनौतीहरूलाई चिर्दै जनमत पार्टीले जनता राजको अनुभूति गराउँछ । भ्रष्टाचार, अनियमितता, कमिखोरी अन्त्य गर्ने, जनता राज ल्याउने हाम्रो नारा मात्रै होइन, गरेर देखाउँछौं । विगतमा हामीले नारा दियौं अब त्यो नारालाई पूरा गर्ने समय आएको छ ।

० भनेपछि जनमत पार्टीले नेतृत्व गरेको पालिका वा वडामा भ्रष्टाचार, अनियमितता लगायतका कुराहरू सुनिँदैन ?

— निश्चितरूपमा । जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो, जसले भ्रष्टाचारविरोधी आन्दोलन नै चलायो । अरू कुनै पनि पार्टीले आजसम्म भ्रष्टाचारविरोधी आन्दोलन चलाएका छैनन् । हामीले भ्रष्टाचारीलाई जनकारबाही पनि गरेका छौं । त्यसकारण जनताले हामीमाथि विश्वास गरेको छ । अहिले हामी जुन किसिमको काम गर्छौं, अनि जनताको विश्वास हामीमाथि झन् बढ्छ । यहाँका जनता भ्रष्टाचार अन्त्यका लागि सक्रिय भइसकेका छन् । विगत पाँच वर्षमा जनता कसरी ठगिए त्यो कुरा अनुभूति गरेका छन्, त्यसको जवाफ जनताले ब्यालेटमार्फत् दिइसकेको छ । जनमत पार्टीको जीत भनेको जनताको जीत हो । यदि हामी सफल नभएको भए यहाँ फेरि पाँच वर्षसम्म जनताले सामन्तवादको सामना गर्नुपथ्र्यो । यहाँका जनता सचेत छन् । यसअघिका मेयर नगरपालिकामा कहिल्यै बस्नुभएन । आफ्नै घरमा बस्नुहुन्थ्यो, सर्वसाधारण जनता कहिल्यै भेट्न पाउँदैथ्यो । जोसँग पहुँच हुन्थ्यो उसले मात्र भेट्न पाउँथ्यो । म एउटा गरिब परिवारको हुँ, एउटा गरिब मान्छेले पनि राजनीति गर्न सक्छन् भन्ने कुरा जनमत पार्टीले स्थापित ग¥यो ।

० तपाइँको मुख्य प्रतिस्पर्धा निवर्तमान मेयर, जो मधेश प्रदेशका सामाजिक विकासमन्त्रीका छोरा हुन, उनीसँग प्रतिस्पर्धा गर्न कति रूपैयाँ खर्च गर्नुभयो त ?

— हामी पैसा बाँडेर, रक्सी, मासु आदि खुवाएर चुनाव जितेका होइनौं । हाम्रो एकदम न्यून खर्च भएको छ । हामीले प्रचार प्रसार, पर्चा, पम्पलेट आदिमा मात्रै रूपैयाँ खर्च गरेका थियौं । चुनावमा मेरो खर्च भनेको बढीमा दुईदेखि अढाई लाख रूपैयाँसम्म मात्रै खर्च भएको छ । त्यसबाहेक हाम्रो कुनै खर्च भएको छैन ।

० चुनावमा उम्मेद्वाहरूले पैसा बाँडेको कुराहरू सुनियो, तपाइँले पैसा बाँड्नुभएन त ?

— पैसा बाँडेर चुनाव जितियो भने त्यो बाँडेको पैसा पनि उठाउनुप¥यो, त्यो पैसा कहाँबाट आउँछ ? त्यहीं भ्रष्टाचार गरेर । त्यसैकारण हामीले भ्रष्टाचार विरोधी आन्दोलन चलायौं । हामीले पैसा नै बाँडेको छैन भने भ्रष्टाचार गर्नुपर्ने कुनै कारण नै हुँदैन । भ्रष्टाचारको सुरूवात नै यस्तै प्रवृत्तिबाट हुन्छ । जसले पैसा खर्च गरेर कुनै पदमा पुग्छन्, त्यसको कैयौं गुणा बढी भ्रष्टाचार र अनियमितता गरेर उठाउँछन् । हामी त्यसको सख्त विरोधी हौं । हामी स्वच्छ राजनीतिकरूपमा अगाडि बढेका छौं, जनताले विश्वास गरेका छन् । आउने दिनमा जनतासँग कुनै किसिमको धोका हुँदैन भन्ने विश्वस्त तुल्याउन चाहन्छु ।

० करोडौँ रूपैयाँ खर्च नगरिकन चुनाव नै जित्न सकिँदैन भन्ने माहोल थियो, चुनाव जित्न कति चुनौतीको सामना गर्नुभयो ?

— हामी धेरै चुनौतीहरूको सामना गर्दै अगाडि आएका छौं । हामीले पैसा खर्च गरेनौं तर वैचारिक राजनीतिलाई अगाडि बढायौं । अब मधेशका जनता सचेत हुँदैछन्, हामीले विचारलाई अगाडि बढाउँदै राजनीतिक संस्कारको विकास गर्दैछौं । हामीले अपेक्षा गरेअनुसारको सफलता पाउन सकेका छैनौं, तैपनि हाम्रो जीत भयो । चुनावको पूर्वसन्ध्यामा अन्य उम्मेद्वारहरूले धेरै पैसा खर्च गरे, तर पनि अधिकांश जनताले हामीलाई नै विश्वास गरे । सामन्तवादीहरूले पैसा बाँड्दा पनि जनताले परास्त गरिदिए । त्यसैले हामीले यो जीतलाई जनताको जीत भन्छौं । हामी जनताको सेवा गर्न आएका हौं, हामीमाथि जिम्मेवारी थपिएको छ । त्यो जिम्मेवारी निश्चितरूपमा पूरा गर्छौं ।

० तपाइँका प्रतिबद्धताहरू के–के छन् ?

— म एउटा किसानको छोरा हुँ । जनमत पार्टीले किसानको हकहितका लागि आन्दोलन ग¥यो । म मेयरमा निर्वाचित भइसकेपछि पालिकास्तरबाट किसानका लागि के–के गर्न सकिन्छ, त्यो पूरा गर्ने सक्दो प्रयास गर्छौं । यसअघि मधेश प्रदेशका सामाजिक विकासमन्त्रीका छोरा यहाँ मेयर हुनुहुन्थ्यो, जुन मन्त्रालयअन्तर्गत शिक्षा पनि पर्छ । तर शिक्षा क्षेत्रमा केही सुधार भएको छैन । विगत पाँच वर्षमा यो पालिकामा शिक्षाको स्तर झन् दयनीय अवस्थामा पुगेको छ । अहिलेसम्म हाम्रो पालिकामा १०+२ को कक्षा छैन । म आफ्नो कार्यकालभित्र १०+२ को पढाई सुरू गराउँछु । अँग्रेजी माध्यममा विद्यालयहरूमा पढाई सुरू गर्छौं । त्यसको गृहकार्यमा हामी लागिसकेका छौं । यस्तै, सीपमूलक रोजगारका लागि तालिमहरूको व्यवस्था गर्छौं । हाम्रो पार्टीको एजेण्डा नै हो कि १० जना युवाको रोजगारी त्यसका लागि हामीले तयारी गरिरहेका छौं । बेरोजगारीको समस्या, विदेशिनुपर्ने अवस्था लगायतलाई हामी समाप्त गर्ने प्रयास गर्छौं ।

० जनमत पार्टीले “सबको देखे बार–बार, अबकी बार जनमत सरकार” भन्ने नारा दिएको थियो । त्यो भनेको के हो ?

— वास्तवमा जनताले सबै दललाई हेरिसकेका छन्, जो आएपनि जनताका समस्याहरू समाधान हुन सकेको छैन । त्यसैले हामी अब जनताको समस्याहरू ती पुराना दलहरूले समाधान गर्न सक्दैनन् । किनभने उनीहरूसँग भिजन छैन । उनीहरू पैसा कमाउनका लागि मात्रै राजनीति गरिरहेका छन् । तर हामीलाई एकपटक जनताले विश्वास गरोस्, यदि हामी गर्न सकेनौं भने फेरि अर्को चुनावमा सजाय दिने नै छ । त्यसकारण हामीले भनेका छौं कि एकपटक हामीलाई मौका दिनुस् भनेर भनेका थियौं । हामीले अपेक्षा गरेनुसारको सफलता त प्राप्त गर्न सकेनौं तर जहाँ–जहाँ जनमतका प्रतिनिधिहरू विजयी भएका छन्, त्यहाँ एउटा उदाहरणीय कार्य हुनेछ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।

० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारालाई अनुभूति गराउनु हुन्छ ?

— हामीले सिंहदरबार गाउँ–गाउँमा होइन, जनता राज भन्ने स्थापित गराउँछौं । विगतका पाँच वर्षमा जनताले गाउँ–गाउँमा सिंह मात्रै पाए, तर दरबारको अनुभूति गर्न सकेनन् । हामीले सिंहदरबार होइन, जनताले चाहेको, खोजेको कुरा पूरा गर्न आएका हौं । हामी दरबारमा बसेर जनतामाथि राज गर्ने होइन, जनतालाई मालिक बनाउन आएका हौं । जनताका सेवकको रूपमा काम गर्नेछौं । त्यसैले गाउँ–गाउँमा सिंहदरबार आवश्यक छैन, जनताको राज हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर ।नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसद्मा प्रतिनिधित्व हुने […]

न्युजमधेस डेस्क काठमाडौ, १०साउन। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई […]