१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

बालेन शाहलाई स्वागतका लागि गाउँँका स्थानीय आतुर

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

रन्जन भण्डारी
महोत्तरी ,१२ जेष्ठ ।महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् ।

बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं पुगिसकेका छन् । पिता डा. रामनारायण साहका कान्छो छोरा बालेन्द्र बाल्यकालमा गाउँ आउने गरे पनि जनकपुर र काठमाडौंमा समेत घर भएकै कारण पैतृक गाउँ आउने क्रम पातलिँदै गएको थियो ।

बालेनको जन्म काठमाडौंमै भएको हो । डा. साहकी कान्छी श्रीमती ध्रुवदेवी साहको कोखबाट बालेन्द्र साह जन्मिएका हुन् । जागिरको क्रममा आमाबुबा काठमाडौंमा हुँदा उनको जन्म भएको थियो ।

बालेन जन्मिएको करिब ६ महिनामै उनको परिवारले गाउँ छोडेको थियो । उनका पिताले एकडाराको २ नम्बर वडा कार्यालयलाई एक कट्ठा जमिन दान गरेर काठमाडौं फर्किएका थिए ।

हाल बालेनको पैतृक घर एकडारा गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ । सोही घरको दुईवटा कोठा पारिवारिक बसाइको लागि छुट्याएर राखिएको छ । बालेन वा उनका परिवारका सदस्य यहाँ आएको समयमा सोही कोठामा बस्ने गर्छन् ।

बालेन साहको गाउँको घर

बालेनका पिताका मित्रसमेत रहेका स्थानीय नरेश तिवारीले काठमाडौंमै सबैको जागिर भएकाले गाउँ आउजाउ निकै कम हुने गरे पनि बालेनका पिता डा. साह भने समय–समयमा गाउँ आउने गरेको बताए ।

बालेन केही समय पहिले बाबुसँग गाउँ आएका थिए । उनका पिताले गाउँमा रहेको केही जग्गा बेच्ने सोच बनाए थिए । तर, बालेनले नै गाउँमा रहेको सम्पत्ति बेच्नबाट बुबालाई रोकेको तिवारीले बताए । बालेनका पिताको सम्पत्ति करिब ७० देखि ८० बिघा रहेको तिवारीले जानकारी दिए ।

यता गाउँमै बालेनको पुर्ख्यौली महादेव मन्दिर पनि छ । मन्दिरका पुजारी रहेका रामचन्द्र तिवारीले मन्दिरको पूजापाठ नियमित होस् भनेर बालेनका पिताले १० कट्ठा जग्गा उपलब्ध गराएको बताए । सोही जग्गाबाट हुने आम्दानीले मन्दिरको पूजापाठ नियमित हुँदै आएको तिवारीले जानकारी दिए ।

यस्तो छ बालेनको परिवार

स्थानीयहरू बालेनको वंशबारे भन्छन्- मेथुर साह र धरकन साह दुई भाइ गाउँका जमिनदार रहेका थिए । दुवैलाई गाउँमा महाजन भनेर सम्बोधन गरिन्थ्यो । जेठो मेथुर साहलाई चार छोरा जन्मिए । डा. रामनारायण साह, इन्जिनियर सत्यनारायण साह, जितनारायण साह र इन्जिनियर लालबाबु साह ।

सोहीमध्ये जेठो डा. रामनारायण साहका दुई छोराहरू क्रमशः कौशलेन्द्र साह र बालेन्द्र साह (बालेन साह) हुन् । बालेन्द्र कान्छाे छाेरा हुन् । उनी विभिन्न बिदा, चाडपर्व मनाउन गाउँ आउने गर्छन् । आजभोलि उनी काठमाडौंमै बढी व्यस्त हुने भएकाले गाउँ आउने क्रम केही पातलो भएको आफन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]