१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

प्रहरी र सशस्त्रमा घुमुवाको टक्कर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१७ जेष्ठ । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल नै बन्द भएको थियो ।

अहिले पनि दुई सुरक्षा निकायबीच अधिकारक्षेत्रकै विषयमा सामान्य विवाद देखिएको छ । तर, नेतृत्व तहमा नभई तल्लो तहमा । मधेस प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाबीचको टक्करमा सशस्त्र प्रहरीका चार कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समस्या देखिएको हो ।

गत वैशाख २४ गते नेपाल प्रहरीले बारामा दुई भारतीयलाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको घटनामा सशस्त्र प्रहरीका चार कर्मचारीलाई समेत प्रतिवादी बनाएपछि विवाद भएको हो । प्रहरीले भारतीय नागरिकहरु अखिलेशकुमार सिंह र पप्पु यादवलाई सीमावर्ती सिम्रौनगढमा पक्राउ गरेको थियो । खासमा सशस्त्र प्रहरीका घुुमवाले आफुहरु खरिदकर्ता बनेर उनीहरुलाई पक्राउ गर्न खोजेका थिए । तर, सशस्त्रसम्म नपुग्दै नेपाल प्रहरीले नै बीचमा पक्राउ ग¥यो ।

सोधपुछ गर्ने क्रममा उनीहरुले आफुहरुले सो पेस्तोल दिन लागेका व्यक्तिहरुको नाम र नम्बर बताए । त्यसरी नाम बताइएका व्यक्ति कारोबारी नभई सशस्त्र प्रहरीका चार कर्मचारी दिए । छिन्नमस्ता बाहिनीबाट खटिएका बरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्न सागर झा र जवान सुनिलकुमार यादवविरुद्ध समेत पक्राउ पूर्जी जारी गरेपछि समस्या आएको हो ।

सुरुमा यो विषयले दुई निकायबीच विवाद देखिएपनि दुई निकायका नेतृत्व र गृह मन्त्रालय मिलेर यो विषयलाई सुल्झाएका छन् । पक्राउ पूर्जी जारी गरिएका चार कर्मचारीको हकमा सरकारी वकिल कार्यालयले उपस्थिति गराई बयान गराएर हाजिरी जमानीमा छाडेको छ । उनीहरुको हकमा मुद्दा दायर नहुने सम्भावना छ ।

यो घटनामा मधेस प्रदेशका सशस्त्र प्रहरीका प्रमुख डिआइजी गणेश ठाडा मगर र बाराका एसपी दिलिपसिंह देउजाको प्रमुख कमजोरी देखिएको छ । डिआइजी मगरले काम देखाउनका लागि आफ्नो घुमुवालाई पेस्तोल समाउन दबाब दिएका थिए ।

सोही आधारमा भारतमा हतियार कारोबार गर्ने समूहलाई सम्पर्क गरी घुमुवाले आफैं कारोबारी बनेर हतियार मगाएका थिए । तर, पक्राउ परेका कारोबारीले घुमुवाको नाम पोलिदिए । यसमा प्रहरीसँग सहकार्य गरी वास्तविकता बुझाउन नसक्दा पक्राउ पूर्जी जारी भएको थियो । बाराका एसपी देउजा कार्यक्षमतामा निकै कमजोर मानिन्छन् । यती संवेदनशील विषयलाई उनले हलुका रुपमा विश्लेषण गर्दा पनि समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरीका कोभर्ट अप्रेसनको विषयमा पटक पटक समस्या देखिदै आएको छ । ३८ सय केजी सुन तस्करी प्रकरणमा कोभर्ट अप्रेसनमा संलग्न प्रहरीलाई मुद्दा चलाएपछि यसको विवाद आएको थियो । अपराधीको सूचना पाउन उनीहरुसँगै संगत गर्नुपर्ने हुन्छ ।

तर, यसरी घुमुवाका रुपमा काम गर्ने प्रहरीलाई नियमन गर्ने बलियो प्रणाली नहुँदा विवाद पनि आउने गरेको छ । अझ दुई सुरक्षा निकायका जिम्मेवारीलाई प्रष्ट नबनाउँदा पनि बेला–बेला समस्या आउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]