१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

प्रहरी र सशस्त्रमा घुमुवाको टक्कर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१७ जेष्ठ । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल नै बन्द भएको थियो ।

अहिले पनि दुई सुरक्षा निकायबीच अधिकारक्षेत्रकै विषयमा सामान्य विवाद देखिएको छ । तर, नेतृत्व तहमा नभई तल्लो तहमा । मधेस प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाबीचको टक्करमा सशस्त्र प्रहरीका चार कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समस्या देखिएको हो ।

गत वैशाख २४ गते नेपाल प्रहरीले बारामा दुई भारतीयलाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको घटनामा सशस्त्र प्रहरीका चार कर्मचारीलाई समेत प्रतिवादी बनाएपछि विवाद भएको हो । प्रहरीले भारतीय नागरिकहरु अखिलेशकुमार सिंह र पप्पु यादवलाई सीमावर्ती सिम्रौनगढमा पक्राउ गरेको थियो । खासमा सशस्त्र प्रहरीका घुुमवाले आफुहरु खरिदकर्ता बनेर उनीहरुलाई पक्राउ गर्न खोजेका थिए । तर, सशस्त्रसम्म नपुग्दै नेपाल प्रहरीले नै बीचमा पक्राउ ग¥यो ।

सोधपुछ गर्ने क्रममा उनीहरुले आफुहरुले सो पेस्तोल दिन लागेका व्यक्तिहरुको नाम र नम्बर बताए । त्यसरी नाम बताइएका व्यक्ति कारोबारी नभई सशस्त्र प्रहरीका चार कर्मचारी दिए । छिन्नमस्ता बाहिनीबाट खटिएका बरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्न सागर झा र जवान सुनिलकुमार यादवविरुद्ध समेत पक्राउ पूर्जी जारी गरेपछि समस्या आएको हो ।

सुरुमा यो विषयले दुई निकायबीच विवाद देखिएपनि दुई निकायका नेतृत्व र गृह मन्त्रालय मिलेर यो विषयलाई सुल्झाएका छन् । पक्राउ पूर्जी जारी गरिएका चार कर्मचारीको हकमा सरकारी वकिल कार्यालयले उपस्थिति गराई बयान गराएर हाजिरी जमानीमा छाडेको छ । उनीहरुको हकमा मुद्दा दायर नहुने सम्भावना छ ।

यो घटनामा मधेस प्रदेशका सशस्त्र प्रहरीका प्रमुख डिआइजी गणेश ठाडा मगर र बाराका एसपी दिलिपसिंह देउजाको प्रमुख कमजोरी देखिएको छ । डिआइजी मगरले काम देखाउनका लागि आफ्नो घुमुवालाई पेस्तोल समाउन दबाब दिएका थिए ।

सोही आधारमा भारतमा हतियार कारोबार गर्ने समूहलाई सम्पर्क गरी घुमुवाले आफैं कारोबारी बनेर हतियार मगाएका थिए । तर, पक्राउ परेका कारोबारीले घुमुवाको नाम पोलिदिए । यसमा प्रहरीसँग सहकार्य गरी वास्तविकता बुझाउन नसक्दा पक्राउ पूर्जी जारी भएको थियो । बाराका एसपी देउजा कार्यक्षमतामा निकै कमजोर मानिन्छन् । यती संवेदनशील विषयलाई उनले हलुका रुपमा विश्लेषण गर्दा पनि समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरीका कोभर्ट अप्रेसनको विषयमा पटक पटक समस्या देखिदै आएको छ । ३८ सय केजी सुन तस्करी प्रकरणमा कोभर्ट अप्रेसनमा संलग्न प्रहरीलाई मुद्दा चलाएपछि यसको विवाद आएको थियो । अपराधीको सूचना पाउन उनीहरुसँगै संगत गर्नुपर्ने हुन्छ ।

तर, यसरी घुमुवाका रुपमा काम गर्ने प्रहरीलाई नियमन गर्ने बलियो प्रणाली नहुँदा विवाद पनि आउने गरेको छ । अझ दुई सुरक्षा निकायका जिम्मेवारीलाई प्रष्ट नबनाउँदा पनि बेला–बेला समस्या आउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]