१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

दूधमती नदीमा आएको बाढीले ३० मिटर सडक बगाएपछि यातायात अवरुद्ध

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वाड नं.२४ बसहिया स्थित रहेको ६ लेन सडकको ३० मिटरको दुरिमा बाढीले भत्किएपछि यातायात अवरुद्ध भएको छ । जटहीदेखि जनकपुर जोड्ने ६ लेनको पक्की सडक असार २७ गते दूधमती नदीमा आएको बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको हो ।

दैनिक हजारौं सवारीसाधन आवतजावत हुने सडक बाढीले बगाए पनि मर्मतका लागि स्थानीय सरकार र सांसदले कुनै चासो देखाएका छैनन् । बरु बाढीले सडक बगाएको ठाउँमा स्थानीय ३ युवाले श्रमदान र १४ हजार लगानी गरी काठको लचका निर्माण गरेका छन् ।

बसहिया बस्ने भरत पासमान, सुनिल यादव र गणेश पासमानले सडक अवरुद्ध भएको दुई हप्तापछि काठको लचका बनाएका छन् । लचकाबाट मोटरसाइकल, साइकल र पैदलयात्रुमात्र आहोरदोहोर गर्न सक्छन् ।

लचका पार गर्न प्रतिमोटरसाइकल ५० र साइकलका लागि २० रुपैयाँ लिने गरिएको यादवले बताए । पैदलयात्रुका लागि निःशुल्क गरिएको छ । दुई दिनमै आफूले लगानी गरेको पैसा उठेको उनीहरुले बताएका छन् ।- न्यूजकारोबारको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]