१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मधेश प्रदेश कृषि क्षेत्रमा हिस्सा धेरै

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम, श्रावण १ गते आइतबार।
मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्रतिशत, लुम्बिनीको २० दशमलव ४२ प्रतिशत, गण्डकीको २५ दशमलव ९८ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको ११ दशमलव १० प्रतिशत रहेको छ । मधेश प्रदेशको प्रादेशिक जीडीपीमा उद्योग क्षेत्रको योगदान १२ दशमलव ११ प्रतिशत र सेवा क्षेत्रको ५३ दशमलव ५८ प्रतिशत रहेको छ  ।

आर्थिक वृद्धिदर ४.८२ प्रतिशत

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आव २०७८/७९ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन छ। खर्ब ४४ अर्ब २८ करोड रुपियाँ पुग्ने अनुुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (४८ खर्ब ५१ अर्ब ६३ करोड रुपियाँ)मा मधेश प्रदेशको योगदान १३ दशमलव २८ प्रतिशत हो । चालू आर्थिक वर्ष मधेश प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव ८२ प्रतिशत रहने अनुमान गरिएको छ ।

धान उत्पादन घट्यो

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आव २०७८/७९ मा मधेश प्रदेशमा खाद्य तथा अन्य बाली २९ लाख ५९ हजार ६५० मेट्रिक टन उत्पादन भएको छ । तरकारी तथा बागवानी उत्पादन आठ लाख २२ हजार ५९९ मेट्रिक टन र फलफूल तथा मसला उत्पादन एक लाख ७९ हजार ८८ मेट्रिक टन भएको छ । समयमै वर्षा भएको र सिँचाइको सुविधाले तेलहनको उत्पादन १० दशमलव ८३ प्रतिशत र आलुको उत्पादन शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।

धानको उत्पादन ३ दशमलव २४ प्रतिशत, उखुको उत्पादन ९ दशमलव ०१ प्रतिशतले ह्रास आएको छ । भिœयाउने समयमा परेको झरीले पाकेको धानबाली नष्ट हुँदा धानबाली उत्पादनमा कमी आएको हो । पर्सामा उखु उत्पादन नभएको र श्रीराम सुगर मिल बन्द भएका कारण उखु उत्पादनमा ह्रास आएको प्रतिवेदनमा छ ।

यस प्रदेशमा तरकारी तथा बागवानी उत्पादन शून्य दशमलव ७५ प्रतिशतले वृद्धि भई आठ लाख २२ हजार ५९९ मेट्रिक टन पुुगेको छ । सबैभन्दा बढी तरकारी उत्पादन बारा जिल्लामा एक लाख ५९ हजार ८८ मेट्रिक टन भएको छ । यो प्रदेशको कुल तरकारी उत्पादनको १९ दशमलव ३४ प्रतिशत हो । सबैभन्दा कम तरकारी उत्पादन पर्सा जिल्लामा ४० हजार मेट्रिक टन भएको छ ।

यस्तै यस प्रदेशमा दूधको उत्पादन शून्य दशमलव ४५ प्रतिशतले वृद्धि भई दुई लाख ६८ हजार ३३८ लिटर रहेको छ । मासुको उत्पादन ३ दशमलव १४ प्रतिशतले वृद्धि भई ४७ हजार ६६२ मेट्रिक टन, अण्डाको उत्पादन ५ दशमलव ५९ प्रतिशतले वृद्धि भई पाँच करोड ३९ लाख ५७ हजार वटा, छालाको उत्पादनमा १२ दशमलव ४४ प्रतिशतले वृद्धि भई ९३ लाख ६२ वर्गमिटर र उत्पादनमा ८० दशमलव १७ प्रतिशतले वृद्धि भई दुई हजार ७५३ पुगेको छ । माछाको उत्पादन ५ दशमलव ४८ प्रतिशतले वृद्धि भई २० हजार ४९७ मेट्रिक टन पुगेको छ ।

औद्योगिक कर्जा एक खर्ब

यस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २० दशमलव ४३ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस्तो कर्जा ९३ अर्ब २८ करोड रुपियाँ रहेको थियो । मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६१ दशमलव ४५ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव ५३ प्रतिशत रहेको छ ।

कृषि कर्जा ५० अर्ब

बैङ्क तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ४३ दशमलव ५३ प्रतिशतले वृद्धि भई ५० अर्ब एक करोड रुपियाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कर्जा ३४ अर्ब ८४ करोड रुपियाँ रहेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ११ दशमलव १७ प्रतिशत रहेको छ । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा १७ दशमलव ७० प्रतिशत रहेकामा सबैभन्दा कम सप्तरी जिल्लामा ७ दशमलव ३५ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]