१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

नगर प्रमुख साहद्वारा जलाद नदीको तटबन्ध निरिक्षण

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ भाद्र।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदीको तटबन्ध निरिक्षण गरेका छन ।

साहले उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा निर्माण गरिएको तटबन्धको निरिक्षण गरेका हुन ।

उपमहानगरपालिकाको पुर्वी भाग कटरैत टोलमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको थियो । उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा निर्माण भएको तटबन्धले सो क्षेत्रका स्थानीयहरुलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ ।

निरिक्षण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादव , वडासदस्य उपेन्द्र ठाकुर , मनोज मुखिया , जामुन यादवलगाइतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]