२० मंसिर २०८०, बुधबार
06-12-2023 , Wed
×

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका तिन जिल्लामा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ भाद्र। सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका तिन जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम ,महोत्तरी र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै तिनै जिल्लामा प्रदर्शन गरिएको छ ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयका ज्ञापन समेत बुझाएका छन् ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक राजेश यादवले टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने बताए ।

टिकटकका कारण यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने किसिमका गतिविधिहरु बढन थालेपछि चिन्ताको विषय भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]