
न्यूजमधेश डेस्क
राजविराज ,१२ कार्तिक ।तात्कालिक मधेशी जन अधिकार फोरम ,नेपालबाट प्रथम संविधान सभा सदस्य बनेका बीपी यादव जनमत पार्टीमा प्रवेश भएका छन् ।
शुक्रबार राजविराज नगरपालिका १२ मा आयोजित घरदैलोको क्रममा प्रथम संविधान सभा सदस्य बीपी यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
संबिधान सभा सदस्य यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा सीके राउत र सोहि क्षेत्रका प्रदेश सभा (ख )का उम्मेदवार महेश प्रसाद यादवले खादा ,माला र अबिरको टिका लगाएर पार्टीमा स्वागत गरे।
उक्त कार्यक्रममा जनमत पार्टी सप्तरी इन्चार्ज ममता झा ,महिला जनमत संघकी संयोजक शुशिला यादव,युवा नेता निरज अधिकारिलगाइतका नेता कार्यक्रर्ताहरुको उपस्थिति रहेको थिए ।