
न्यूजमधेश डेस्क
राजविराज ,५ मङ्सिर ।पछिल्लो २ वजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार मतको अग्रता लिएका छन् ।
डा राउतले एक हजार ६ सय ३४ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत पाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत पाएको छ ।
अहिले मतगणना जारि रहेको छ ।