१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

भारतीय कुखुराको तस्करी बढेपछि सप्तरीका व्यवसायी चिन्तित

Logo
लोकेन्द्र प्रसाद यादव प्रकाशित मंगलबार, मंसिर २६, २०८०

बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् ।

जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको व्यवसायीको आरोप रहेको छ । सप्तरीका विभिन्न ग्रामीण नाका बालन विहुल गाउँपालिका-४ बेलही, रामनगकोदरकट्ट, सोनापुर, काचन,देउरी, तरही हटैल, पातो, राजगढ लगायतको नाकाबाट सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परने भएकोले व्यावासय संगठित हुनको लागि भेला आयोजना गरेको आजको भेलाले कुखुरा व्यासायमा संलगन किसान हकहित संरक्षणका लागि जिल्ला प्रशासनमा समूह दार्ता गराउने कृषक अशोक साहले बताए ।

बोदे बरसाईन नगरपालिका-७ का कुखुरा व्यवसायी ताराकान्त साहले भने तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे । भारतीय कुखुराका कारण महङ्गो दाना खुवाएर फाईदाको लागि पालन गरेको कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उहाँको कथन छ ।

भारतबाट पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको व्यवसायी खडक नगरपालिका का- १० अरुण चौधरीले बताए । उहाँले भने संस्था खडा गरेर मात्र हुदैँन संस्था मूल उदेश्य अवैध रुपमा भारतबाट भित्रीने कुखुरा रोक लागाउन पहल गर्नु पर्ने बताए ।

सप्तरीमा रु १८० प्रतिकेजीमा बिक्री भई रहेको कुखुरा भारतीय बजारमा नेपाली रुपैयाँ १२० मा पाइने गरेको र नेपाल कुखुरा व्यावसाय संघको मूल्य प्रतिकेजी रु.२२० रहेको बताए । कटरहरुले कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य रु ३०० सम्ममा बिक्री गर्ने गरिएको सोमा नि नियन्त्रण हुनु पर्ने कृष्कले जोड दिए ।

यस्तै शम्भुनाथ नगरपालिका- १२ अर्नाहाका ककुखुरा पालक कृषक रामदयाल मण्डले भने हामी कसले तस्करी गनेै गरेको पहिचान गरि सकेको व्यावसाय बिच एकता नभएर राज्यलाई कर नर्तिने व्यक्ति बलयो बन्दै गएको बताए ।

कृष्णासरवन अग्निसाइर गाउँपालिका-१ का किसान अमरेन्द्र ठाकुर लभने विगत १२ वर्ष देखि २ सय चला राखेर सुरु गरेको कुखुरा पालन १२ हजार सम्म कुखुरा फर्ममा राखेर हुर्काए व्यावसा राम्रै भयो ।‘‘तर लकडाउन भएपछि व्यपार घाटामा गयो सहयोग गर्ने सरकारी निकाय भएन बताउदैँ भने कृषकले उचित बजार मूल्य पाउन भारतबाट कुखुरा अवैध अयात रोक्नु पर्ने बताए ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]