२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष १४, २०८०

काठमाडौं । संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए।

त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]