१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

बालकुमारी घटना : गुमनाम श्रम तथा रोजगार मन्त्री भण्डारी

Logo
दिवाकर उप्रेती प्रकाशित आइतबार, पुष १५, २०८०

काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे ।

गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । गोलीको निसानामा परे सुजन रावत र वीरेन्द्र शाह । उनीहरूको मृत्युसँगै अहिले सामाजिक सञ्जाल र माईतीघरमा सरकारको कडा आलोचना भइरहेको छ । दिनहुँ जस्तो रोजगारका लागि हजारौँ युवा पलायन हुने गर्छन् । तर, सरकारको रोजगार तथा श्रम मन्त्रालय भने तथ्याङ्कमै अल्झिएको छ ।

बेरोजगारी तथा दक्ष जनशक्ती बाहिरिँदा पनि १६ औँ पटक मन्त्री बनेका शरतसिंह भण्डारीले रोजगार तथा श्रम मन्त्रालय सम्हालेको ९ महिनाबढी भएता पनि रोजगारी तथा श्रमिकको अवस्थामा कुनै फेरबदल आउन भने सकेको छैन् ।

१७ चैत २०७९ मा मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेशमै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताएका थिए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने मन्त्री भण्डारीको कथन भने बालकुमारी घटनामा कुनै प्रतिक्रिया अझै आएको छैन् । नागरिक मिररले मन्त्री शरतसिंह भण्डारीलाई यस विषयमा बुझ्न पटक पटक सम्पर्क गरेपनि उनले जवाफ दिएका छैन् ।

९२ प्रतिशत श्रमिक सिप नभएकाहरु

त्यस्तै श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले गत वर्ष ७९ ÷ ८० वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरू गएको बताउँछन् ।

सचिव भण्डारीले तालिम र सिपको सर्टिफिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिफिकेट बोकेर विदेश जाने गरेको बताए । सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरूले गर्ने आम्दानीभन्दा पनि कम रहेको उनको भनाइ छ ।

उनले नेपालमा सीप विकासका लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरूले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको समेत उल्लेख गरे ।

सचिव भण्डारीले नेपालका टेलरिङ तथा गार्मेटहरूमा ८० प्रतिशत श्रमिकहरू भारतीय रहेको बताए । उनले नेपालको श्रमबजारमा माग ठूलो छ तर नेपाली श्रमिकहरू नेपालमा नभएको जानकारी दिए । उनले नेपाली श्रम बजारमा सिपको अभाव रहेको भन्दै नेपालीहरूले १७८ देशमा काम गरिरहेको जनाए ।

उनले सिप र क्षमता भएका मानिसहरू विश्वका १७८ देशमा काम गरेको भए नेपालको रेमिट्यान्स अहिले आएकोभन्दा दोब्बर हुनुपर्ने जिकिर गरे । उनले सरकारले तालिम र सीप विकासमा लगानी गर्न आवश्यक रहेको भन्दै सीप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा, श्रम र तालिम दिने संस्थाहरूको स्वार्थको कारण काम नभएको दाबी समेत गरे ।

उता मन्त्रालय आफैले श्रमिकको लागि सिप व्यवस्था गर्न सकेको छैन भने सरकार अझै युवालाई दक्ष बनाएर पलायन गराएर रेमिटान्सबाट कमाउने उल्लेख गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]