१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बालकुमारी घटना : गुमनाम श्रम तथा रोजगार मन्त्री भण्डारी

Logo
दिवाकर उप्रेती प्रकाशित आइतबार, पुष १५, २०८०

काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे ।

गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । गोलीको निसानामा परे सुजन रावत र वीरेन्द्र शाह । उनीहरूको मृत्युसँगै अहिले सामाजिक सञ्जाल र माईतीघरमा सरकारको कडा आलोचना भइरहेको छ । दिनहुँ जस्तो रोजगारका लागि हजारौँ युवा पलायन हुने गर्छन् । तर, सरकारको रोजगार तथा श्रम मन्त्रालय भने तथ्याङ्कमै अल्झिएको छ ।

बेरोजगारी तथा दक्ष जनशक्ती बाहिरिँदा पनि १६ औँ पटक मन्त्री बनेका शरतसिंह भण्डारीले रोजगार तथा श्रम मन्त्रालय सम्हालेको ९ महिनाबढी भएता पनि रोजगारी तथा श्रमिकको अवस्थामा कुनै फेरबदल आउन भने सकेको छैन् ।

१७ चैत २०७९ मा मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेशमै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताएका थिए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने मन्त्री भण्डारीको कथन भने बालकुमारी घटनामा कुनै प्रतिक्रिया अझै आएको छैन् । नागरिक मिररले मन्त्री शरतसिंह भण्डारीलाई यस विषयमा बुझ्न पटक पटक सम्पर्क गरेपनि उनले जवाफ दिएका छैन् ।

९२ प्रतिशत श्रमिक सिप नभएकाहरु

त्यस्तै श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले गत वर्ष ७९ ÷ ८० वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरू गएको बताउँछन् ।

सचिव भण्डारीले तालिम र सिपको सर्टिफिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिफिकेट बोकेर विदेश जाने गरेको बताए । सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरूले गर्ने आम्दानीभन्दा पनि कम रहेको उनको भनाइ छ ।

उनले नेपालमा सीप विकासका लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरूले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको समेत उल्लेख गरे ।

सचिव भण्डारीले नेपालका टेलरिङ तथा गार्मेटहरूमा ८० प्रतिशत श्रमिकहरू भारतीय रहेको बताए । उनले नेपालको श्रमबजारमा माग ठूलो छ तर नेपाली श्रमिकहरू नेपालमा नभएको जानकारी दिए । उनले नेपाली श्रम बजारमा सिपको अभाव रहेको भन्दै नेपालीहरूले १७८ देशमा काम गरिरहेको जनाए ।

उनले सिप र क्षमता भएका मानिसहरू विश्वका १७८ देशमा काम गरेको भए नेपालको रेमिट्यान्स अहिले आएकोभन्दा दोब्बर हुनुपर्ने जिकिर गरे । उनले सरकारले तालिम र सीप विकासमा लगानी गर्न आवश्यक रहेको भन्दै सीप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा, श्रम र तालिम दिने संस्थाहरूको स्वार्थको कारण काम नभएको दाबी समेत गरे ।

उता मन्त्रालय आफैले श्रमिकको लागि सिप व्यवस्था गर्न सकेको छैन भने सरकार अझै युवालाई दक्ष बनाएर पलायन गराएर रेमिटान्सबाट कमाउने उल्लेख गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]