२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

‘झिझिया’मा झुम्दै तराई मधेश

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’

तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ भनिन्छ। साउन्ड बक्समा लोकभाकामा बज्ने यो गीतले सबैलाई झुमाइरहेको हुन्छ।

प्वाल पारिएको तीनदेखि चार वटा गाग्रो, गाग्रोभित्र बल्दै गरेको दीप। र, ती गाग्रो टाउकोमा राखी महिलाहरू झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइरहेको हुन्छ। झिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ। तराई मधेशको हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खास गरेर दशैंमा दुर्गा हुने स्थानहरुमा साँझ र अबेर रातीसम्म साउड बक्स र लाउडस्पिकरहरुमा यहि गीत बजिरहेको हुन्छ। दशैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ गीत भनिन्छ। साउण्ड बक्समा लोकभाकामा बज्ने यो गीतले सबैलाई झुमाइ रहेका हुन्छ।

प्वाल पारिएको तीनदेखि चारवटा गाग्रो। गाग्रोभित्र बल्दै गरेको दिप। र, ती गाग्रो टाउकोमा राखी महिलाहरु झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइ रहेको हुन्छ। भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ।

छैटौं शताब्दीदेखि ११औं शताब्दीसम्मको समयतन्त्र शक्तिको रहेकाले त्यही बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ। समाजमा तन्त्र विद्या हावी रहेका बेला बोक्सीको टुनामुनाको प्रभाव बालबालिकामा परेको बताउँदै त्यसलाई अन्त्य गर्न झिझिया नृत्यको शुरुवात भएको बताइन्छ।

तन्त्र शक्तिद्वारा बालबालिकामाथि खतरा बढ्न थालेपछि महिलाहरूले आफ्ना सन्तानलाई जोगाउन यो नृत्यको शुरुवात गरेको हो। देवी उपासनाको एउटा पक्षको रूपमा लिइने यस नृत्यमा महिलाहरूबाट शुरुवात गरिएको यस नृत्यबाट तान्त्रिक शक्ति परास्त भएको विश्वास छ।

ग्रामीण क्षेत्रमा रहेको ब्रम्ह स्थान (डिहबार) पुगी मन्त्र सिद्ध गर्ने गरिन्छ भने गीतमा गाएर देवीको रूप श्रृंगार र ब्रम्हको वर्णन गरी खुशी पारिन्छ । दशैंमा बज्ने झिझिया गीतमा पनि देवी र ब्रम्हको वर्णन गरिएको हुन्छ।

यस नृत्यमा महिलाहरू तन्त्र शक्तिबाट बँच्न घेरा हाल्ने गर्छन् र बीचमा एक महिला प्वाल भएको गाग्रीमा बलिरहेको दीप राखेर गाग्रीलाई टाउकोमा राखी नाच्ने गर्छन्।

अन्य महिलाहरू गीतको माध्यमबाट बोक्सीलाई गाली गर्ने गर्छन्। गाग्रीमा भएको बोक्सीले गन्दा त्यसको मृत्यु हुने जनविश्वास छ । यसैगरी, गाली गर्दा सहन नसकी महिलाहरूसँग झगडा गर्ने र बोक्सीको पहिचान हुने जनविश्वास रहेको प्राध्यापक परमेश्वर कापडी बताउँछन् ।

विगतमा ग्रामीण क्षेत्रमा गाइने झिझिया गीत र नृत्य अहिले हराउन थालेको छ। तर, ग्रामीण क्षेत्रमा लोप हुँदै गएको झिझिया नृत्य र गीतलाई शहरी क्षेत्रले जीवन्तता दिने प्रयास गरेको छ। विगतमा ग्रामीण क्षेत्रका महिलाहरू झिझिया गीतमा नृत्य गर्दै घरघर पुग्ने गर्थे। तर, अहिले यो परम्परा लगभग हराइसकेको छ।

दशैंको अवसरमा दुर्गा पूजामा जुटेका जनकपुरका युवाले हरेक साँझ झिझिया नृत्य आयोजना गर्दै आएका छन्। आधुनिकताको व्यापक प्रभाव बढी रहे पनि दशैंका बेला बज्ने झिझिया गीत युवा पुस्तादेखि बुढापाखा सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]