३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

लागुऔषधबाट मुक्त भएपछि जिवनमा खुसियाली

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

न्यूज मधेश समाचारदाता
सिमरा,१९ मंसिर ।लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् ।

नयाँ गोरेटो पुर्नस्थापना केन्द्रकै कारण मृत्युको मुखबाट जोगिन सफल भएको खानले बताए ।

आफुलाई नयाँ जिवन दिने संस्थामा १० बर्षपछी पनि खुसियाली बाँड्ने अवसर मिलेको भन्दै उनले सबैलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, सक्षम नेपाल काठमाण्डौका संचालक तेज सम्शेर राणा, नीता फाउन्डेशन ब्लक बी. का आयुष भुजेल, बिधार्थी जागरण मञ्चका मिथलेश महत्तो, ध्रुव क्षेत्री लगायत केन्द्रमा हाल उपचाररत लागुऔषध सेवनकर्ताहरु सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]