न्यूजमधेश समाचारदाता
काठमाडौ ,२७ मंसिर।काठमाडौ लगायत देशका अधिकांश स्थानमा केहि दिन देखि चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा पानि र तराइका क्षेत्रमा हुस्सु तथा हावाहुरी चलिरहेको छ । चिसोमा स्वास्थको धेरै ख्याल गर्न पर्ने हुन्छ । चिसो बाट मौसमी फ्लु,खोकी,ज्वरो जस्ता रोग हरु लाग्न सक्छन। के के छन् त जाडो याममा हुने समस्या र त्यसका रोकथाम ?

जाडो मौसममा हुने रोगहरू
मौसमी फ्लु : तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महशुस हुन्छ । वाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्न सक्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्ने गर्दछ ।
बच्ने उपाय : शरीरले तापक्रम एडजस्ट गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् । वातानुकुलित कोठमा बसेर बाहिर निस्किदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न पनि विज्ञहरूको सुझाव छ ।
खोकी : धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ । पिनासको समस्या भएकाहरूलाई धुलाले बढी असर पुर्याउछ ।

बच्ने उपाय : खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पुर्याउनुपर्दछ । नियमित रूपमा तातोपानी सेवन गर्नु पर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्सहरू खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ ।
फुस्रो छाला : चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।
बच्ने उपाय : फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

टाउको दुख्ने : चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।
बच्ने उपाय : उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

जाडोको सामना कसरी गर्ने ?
हरेक पटक मौसम परिवर्तन हुन्छ । तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् । बिचार नपुर्याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने
कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । जाडोमा पर्याप्त आराम गर्दा र बेला–बेला घाम ताप्दा राम्रो हुन्छ ।

अनुहारको छाला जोगाउने
चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ । सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल र मुलायम बनाउँछ ।
पर्याप्त पोषण
प्रशस्त पोषणले पनि तपाईंको स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।
मौसम परिवर्तनका लागि शरीरलाई तयारी अवस्थामा राख्नुपर्छ । बदलिदो मौसमसँग जुध्न प्रशस्त लत्ताकपडा र खानेकुराको पूर्व व्यबस्था गर्नुहोस । कुन बेला कुन खानेकुरा खाने र कुन कपडा लगाउने विषयमा ज्ञान नहुँदा धेरै मानिस चिसोको शिकार हुन्छन् । रातको समयमा विशेष ध्यान दिनुहोस । एयर कन्डिसन र अन्य तापसम्बन्धी उपकरण राम्रो अवस्थामा छन वा छैनन भन्ने बारे ध्यान दिनुपर्छ ।

जाडो मौसममा देखिने अन्य समस्या

हृदयघात : हामीमध्ये अधिकांशलाई यो थाहा नहुन सक्छ, जाडोमा धेरै मानिसलाई हृयदघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यही जोखिमका कारण विज्ञहरूले मोटा र बृद्धबृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाब दिँदैनन् ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :
कार्यकारी सम्पादक :
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 News Madhesh