०९ बैशाख २०८१, आइतबार
21-04-2024 , Sun
×

विद्यार्थीमाथि चलाइयो ‘देशद्रोह’ को मुद्दा

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं, १५ माघ।चार कक्षामा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ ।

नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

नाटकले राजद्रोह र शान्ति भङ्ग गरेको स्थानीय प्रशासनले आरोप लगाएको छ । नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृष्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलङ्कित गरिएको दाबी प्रहरी प्रशासनको छ ।

यता ‘देशद्रोह’ को अर्थ समेत राम्ररी नबुझ्ने विद्यार्थीमाथि लगाइएको यो अभियोग जायज नभएको भन्दै प्रहरी प्रशासनको कदमको विरोध समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]