१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

लोहरपट्टिमा कुस्ती सुरु

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

न्यूजमधेश सम्बादाता
जलेश्वर,१९ फाल्गुण । महोत्तरीको लोहरपट्टी नगरपालिकामा आयोजित महाविर झण्डा मेलामा कुस्ती सुरु भएको छ । आइतवारबाट सुरु भएको कुस्तीमा भिड्न नेपाल र भारतका दर्जनौं पहलवान आइपुगेका हुन् ।

आईतवार भएको कुस्ती खेल हेर्न हजारौंको भिड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महाविर झण्डा मेलाको आयोजना गरिएको नगर प्रमुख शैलेन्द्र कुमार यादबले जानकारी दिए । उनले झण्डा मेला भव्य रुपमा सफल पार्न जिल्लावासीसँग आह्वान समेत गरेका हुन् ।

समृद्ध लोहरपट्टीका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्य पनि झण्डा मेलाको रहेको जनाएको छ । मेलामा दैनिक ठूलो भिड लाग्ने गरेको छ । मेलाले नेपाल भ्रमण वर्षलाई मद्दत पुग्ने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]