१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

विद्यालयको भवन निर्माणमा अनियमितता

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

कुलदिप दास
जनकपुरधाम,२२ फाल्गुण।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमतता भइरहेको पाइरेको छ ।

भवन निर्माणका लागि नगरपालिकाले दुई वटा उपभोक्ता बनाएको हो । तर उपभोक्ताले कमिशन खाएर ठेकेदार मार्फत निर्माण गरिरहेको खुलेको छ । उपभोक्ताले स्वयंम ठेकेदार मार्फत भवन निर्माण भइरहेको स्वीकार गरेका छन् ।

सडक निर्माण गर्दा उक्त विद्यालय करिब एक वर्ष अगाडी भवन भत्काइयो । अहिले कक्षा कोठाको अभावमा चौरमा पठन पाठन भइरहेको छ । सोही कारण नगरपालिकाले सो विद्यालयभन्दा करिब ५ सय मिटर दक्षिण पूर्वमा नयाँ भवन निर्माण जारी छ ।

नयाँ भवनका लागि नगरपालिकाले ७५ लाख बजेट उपलब्ध गराएको छ । उक्त रकम मध्ये ४० लाखको एउटा र ३५ लाखको अर्को उपभोक्ता समिति बनाएको छ । ४० लाखको उपभोक्ता समितिका अध्यक्ष मो. रफिक छन् भने ३५ लाखको उपभोक्ता समतिका अध्यक्ष बेचन साहलाई बनाएको छ ।

उपभोक्ता समिति मार्फत काम हुनुपर्ने हो । तर उपभोक्ताले नै ठेक्का लगाएर गुणस्तरहीन भवन निर्माण धमाधम गरिरहेको पाइएको छ । उपभोक्ता समितिका अध्यक्ष बेचन साहले विरेन्द्रलाई ठेक्का दिएको स्वीकार गरे । तर अर्का उपभोक्ता समितिका अध्यक्ष मो. रफिकले विजय भन्ने ठेकेदार मार्फत काम गराइरहेको स्वीकार गरे ।

उपभोक्ता समितिका अध्यक्ष बेचनले नगरपालिका मार्फत नै ठेकेदारलाई काम दिएको र आफूहरुलाई नामको लागि उपभोक्ता बनाएको बताए । अर्को उपभोक्ताका अध्यक्ष मो. रफिकले आर्थिक अभावका कारण ठेकेदार मार्फत काम गराउन लागेको बताए ।

यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला यादबले सबै मिलेर भवन निर्माण गरिरहेको बताएका छन् । उनले ठेकेदार मार्फत काम भइरहेको कुरा अस्वीकार गरे । उनले जेठसम्ममा भवन निर्माण तयार हुने पनि बताए । ..

उपभोक्ता समिति मार्फत काम भइरहेको विषयमा भने नगरपालिका अनभिज्ञ छ । नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशलाल कर्णले उपभोक्ता समिति बनेकाले ठेकेदार मार्फत काम गराउन नपाउने बताए । उनले ठेकेदार मार्फत काम भइरहेको छ भन्ने कारबाही हुने समेत प्रतिवद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]