१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

युवा जनमत संघद्वारा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

परबिन पण्डित
जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गिय संगठन युवा जनमत संघ र विद्यार्थी जनमत संघ धनुषाको संयुक्त आयोजनामा मधेशी होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ।

युवा जनमत संघ धनुषाका अध्यक्ष मनोज बिद्रोहीको अध्यक्षतामा पार्टीको धनुषा जिल्ला कार्यलयमा भएको कार्यक्रमको प्रमुख अतिथी जनमत पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण खडक (एस एन मण्डल) रहेको थियो ।

त्यसैगरी विशिष्ट अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य महिला नेतृ अनिता साह र पार्टी का धनुषा जिल्ला संयोजक दिपनाराय यादव रहेको थियो।

सो कार्यक्रममा पार्टीका नेता बिरेन्द्र महतो र नवीन झाले जोगिरिया गाएर सबै जनालाई झुमाएको कार्यक्रम संचालक राजेन्द्र यादवले बताए ।

उक्त कार्यक्रममा सहभागी सबै जनाले आ आफ्नो मन्तव्य राखदै होलिको शुभकामना दिएको थियो।यादवका अनुसार कार्यक्रममा पार्टी धनुषा जिल्लाका प्रमुख नेता तथा युवाहरु लगाइत महोत्तरी जिल्ला संयोजक बिरेन्द्र मण्डलको समेत सहभागिता रहेका कार्यक्रम प्रमुख अतिथि र विशिष्ट अतिथीलाई सम्मान समेत गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]