११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,२७ फाल्गुण। हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील छन ।

वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।


कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेपछि रिक्त पदमा आचार्यलाई नियुक्त गरेको हो ।

संघको बैठक अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन ।आजदेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिएन । नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ श्रावण । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ३० भदौ । सरकारले राजश्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न नेपाल हालै गठन गरेको राजश्व परामर्श समितिले कार्यारम्भ गरेको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वाार्षिक बजेट तथा कार्ययोजना तथा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि […]