२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

प्रहरीद्धारा २ सय लीटर अवैध मदिरा नष्ट

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२ चैत्र। ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी लक्ष्मीनिया र प्रहरी चौकी बटेश्वरद्धारा ५ सय लीटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ र तयारी मदिरा २ सय लीटर शनिबार नष्ट गरिएको छ ।

प्रहरीले धनुषाको विभिन्न स्थानमा रहेको अवैध रुपमा संचालन घरेलु मदिरा भट्टीहरुबाट मदिरा बनाउने १ थान मेसिन, कच्चा पदार्थ राख्ने खाली ड्रम १९ वटा, मदिरा बनाउने भाडा ११ सेट र ३३ थान प्याष्टिकको ग्यालिन समेत बरामद गरिएको जनाएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.२ र जनकपुरधाम उपमहानगरपालिका ७ मा घरेलु मदिरा सेवनले गर्दा १४ जनाको मृत्यु पछी विभिन्न स्थानमा संचालनमा रहेको भट्टीहरु बन्द तथा मदिरा नष्ट गर्ने अभियान प्रहरीले थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]

राजविराज । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]