१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

तिलाठि कोइलाडी गाउपालिकाद्वारा २ ठाउँमा क्वराइन्टेन निर्माण

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

कमल मण्डल
राजविराज, ११ चैत ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोभिड १९ बाट जोगीन विभिन्न क्रियाकलापहरुमा तिब्रता दिइएको छ ।

अहिले विश्वभरिमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमन पहिचान गर्नका लागी तिलाठी कोइलाडी गाउँपालिकाले दुई ठाउँमा क्वराइन्टेन निर्माण गरिएको छ ।

विदेशबाट आउनेहरुलाई निगरानीमा क्वारेन्टाइनमा राख्न सर्वदलिय बैठकबाट भएको निर्णयअनुसार सोहि गाउँपालिकाका वडा नम्बर ७ स्थित ल.व. न. मा.वि. बभनगामाकट्टीमा १५ शैय्या क्वाराइन्टेन कक्ष त्यार गरेको छ। भने वडा नं.१ तिलाठी स्थित रहेको नव निर्मीत वृद्धा आश्रममा १० शैय्या क्वाराइन्टेन कक्ष त्यार गरिएको गाउँपालिका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएको छ ।

कट्टीका कक्षमा २ जना र तिलाठीको कक्षमा ३ जनालाई राख्न तयारीभइरेका छ भने अन्य विदेशबाट आएकाहरुको खोजी कार्य समेत भइरहेको छ ।सम्पुर्ण वडामा सुरक्षित रहनका लागी घरदैलौ जनचेतना दिने तथा मास्क समेत वितरण गरिने प्रमुख सिंहले बताए ।

भारतको सिमा सगँ जोडिएको गाउँपालिकाको तिलाठी नाकामा हेल्थ डेस्क, गाउँपालिका भरी जनचेतना मुलक माइकिंङ समेत गरिएको छ, भने सम्पुर्ण वडा कार्यलय तथा स्वास्थ्य चौकीलाई हाथ धुने सामग्री वितरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]

सिरहा । मिर्चैया नगरपालिकाले निजी विद्यालयलाई जनमुखी बनाउन तीन महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने, पाठ्यपुस्तकमा एकरुपता ल्याउने र हरेक निजी विद्यालयमा दश प्रतिशत विद्यार्थीको छात्रवृत्तिको सुनिश्चितता गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको नगरप्रमुख श्रवणकुमार यादव, शिक्षा शाखाका प्रतिनिधि, शिक्षा विज्ञ र निजी विद्यालयका सञ्चालकहरुको बैठकबाट यस्तो निर्णय […]