१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

प्रदेश २ मा कोरोनाबिरुद्वको सतर्कताको उपकरण नै छैन

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् ।

कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलाई उपचारका लागि तोक्ने निर्णय प्रदेश सरकारले गत चैत ११ गते नै गरिसकेको छ । यद्यपी यो स्थलहरु पूर्ण रुपमा तयार भइसकेको छैन् । प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव १÷२ दिनमै व्यवस्थित भइसक्ने बताउँछन् ।

प्रदेश २ मा अहिलेसम्म कोरोनाबिरुद्वको उपकरणको चरम अभाव छ । ‘सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) चाहियो त्यो नै छैन’ उनी भन्छन्, विश्वास छ केहि दिनभित्रै आपूर्ती हुन्छ ।”

‘एक जना संक्रमित भए ७ वटा पिपिआई त एक सिफ्टमै जान्छ’ डा. यादवले भने, “दैनिक तीन सिफ्टमा जाँदा २५ वटासम्म खपत हुन्छ ।”

‘यो धेरै कस्टली कुरा हो । म्यानेज गर्ने कुरा चुनौतिपूर्ण हो । तरपनि अन्य बजेटहरु काटेर यसमै लगाउँदै सुरक्षा कबच मजबुत बनाउनुपर्छ’ उनले भने ।

यो मात्रै होइन् प्रदेशमा तापक्रम नाप्ने थर्मल गनको पनि अभाव छ ।

कोरोनाबिरुद्व लड्न प्रदेश २ सरकारले बिहीबार मात्रै रु २५ करोडको कोष स्थापना गरेको छ । कोषमा मन्त्रीहरुले एक महिनाको तलव समेत दिएका छन् । यसअघि प्रदेश सरकारले प्रत्येक जिल्लालाई ५० लाखका दरले रकम उपलब्ध गराइसकेको छ ।

स्वास्थ्य निर्देशनालय र प्रादेशिक अस्पताललाई पनि प्रदेश सरकारले रकम उपलब्ध गराएको छ कोरोनाका पूर्व सतर्कता अपनाउनका लागि । ‘हामीसँग रकमको अभाव छैन’ प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह भन्छन्, “तर रकम हुँदाहुँदै पनि उपकरण पाइरहेको अवस्था छैन् ।”

स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), तापक्रम नाप्ने थर्मल गनसहितका उपकरण पाइनरहेको मन्त्री साह बताउँछन् ।

मन्त्री साहले कोरोना परीक्षण गर्ने आरटी–पिसिआरको पनि खोजी गरिएपनि फेला पार्न नसकिएको बताए ।

स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झा पनि रकमको अभाव नभएको बताउँछन् । यद्यपी उपकरण पाउन गाह्रो भइरहेको उनले सुनाए । ‘हामीले काठमाडौं, विराटनगरसहित मुलुकका मुख्य शहरहरुमा व्याप्क खोजी गरेका छौं, तर पाइरहेको छैन’ उनले भने ।

सह निर्देशक झाले संघीय स्वास्थ्य मन्त्रालयसँग पटक–पटक उपकरणका लागि आग्रह गरिएपनि पाउन नसकेको सुनाए । उनका अनुसार ५ हजार थान पिपिई, २ सय थान थर्मल गन र २ लाख मास्कको माग गरिएपनि आइसकेको छैन् ।

स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण फैलिन नदिन अहोरात्र खटिरहेपनि उपकरण बिना काम गर्न गाह्रो भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]