११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

कमला नगरपालिकामा लकडाउनलाइ धजिया उढाउदै ,जनप्रतिनिधिहरु मौन

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२२ चैत्र । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लगाएको लक डाउनको धनुषाको कमला नगरपालिकामा उल्लंघन गर्ने क्रम जारी रहेको छ ।

शुक्रबार साँझ कमला नगरपालिका वडा नं.४ स्थित राप्रावि सघाराको खेल मैदानमा स्थानीय युवाहरु एकै ठाउमा जमघट भएर फुटबल खेल्दै आएका छन् । लक डाउनको उल्लंघन गरी उनीहरु दैनिक रुपमा फुटबल खेलिरहेको स्थानीयहरुले बताएका छन् ।

पटक–पटक खेलाडीहरुलाई फुटबल नखेल्न आग्रह गरेपनि कुनै वास्ता नगरेको उनीहरुको भनाई छ ।

कुनै पनि ठाउँमा भिडभाड नगरी समाजिक दुरी कायम गरेर आ–आफ्नो घरमै बस्न सरकारी पक्षले आग्रह गर्दै आएपनि ग्रामिण क्षेत्रमा लकडाउनको प्रभाव पर्न सकेको छैन् ।

स्थानीय जनप्रतिनिधिहरु यसबारे कुनै चासो लिएका छैन्न । वडा अध्यक्ष पल्टु कबारीलाई जानकारी गराउँदा उनले पनि कुनै चासो नलिएको स्थानीयहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]