१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

लकडाउनमा कडाइ

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,२५ चैत्र।ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने व्यवस्था मिलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । भित्री सडकमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरिएको थियो । लकडाउन उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका मात्रै उक्त सवारीसाधन छाड्ने गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ भने २५ हजारभन्दा बढी मानिसलाई समेत कारवाही गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ । यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेकोसमेत प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]