१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मुस्लिम समुदायलाई घरमै बसेर शबे बरात पर्व मनाउन अपिल

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

मनोज बनैता, लहान, २६ चैत । कोरोना कहर को कारणले मुस्लिम समुदायले बिहिवार परेका शबे बरात पर्व घरमै मनाउने भएका छन् । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णय गरेका हुन ।

वहाँ द्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ कि मुस्लिम समुदायलाई यसपालि मस्जिद र कब्रीस्तानमा  नगई घरमै बसेर इबादत (उपासना) गर्न अपील गरिन्छ । कोरोना संक्रमण को चेन तोडन लकडाउन कार्यान्वयनमा सहयोगी बन्दै मुस्लिम समुदायले यस्तो निर्णयमा पुगेको युथ मुस्लिम वेल्फेयर सोसाइटिका अध्यक्ष इसराइल सिद्दिकिले जानकारी दिनुभयो ।
मङ्गलवार सामाजिक दुरी कायम गर्दै बसेको सानो बैठकमा लहानका मुस्लिम अगुवाहरु अब्दुल करिम, मो. मक्बुल, मो. नियमुदिन्, फिरोज सिद्दिकि, मो. मुस्तकिम, मो. मुन्ना, मो. नयिम, मो. इसाक, मो. आबिद, इसराइल सिद्दिकि लगाायतकाहरुले लक डाउनको पल्ना गर्दै आ-आफ्नै घरमा पर्व मनाउने निर्णय गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]