मनोज बनैता, सिरहा, ३० चैत । कोभिड – १९ माहामारी ले उब्जाएको वैश्विक चिन्ता र त्रासको माहौलमा खासगरी दैनिक ज्यालादारी गरि काम गर्ने समुदायलाई धेरै ठूलो संट्क परेको छ । सरकारले घोषणा गरेको लकडाउन ले २ हप्ता पार गरिसक्दा गरिब मजदुरलाई दुई छाक टार्न हम्मेहम्मे परेको छ ।
वर्तमान असहज अवस्थालाई मध्यनजर गर्दै प्रदेश र स्थानिय सरकार द्वारा पीडितवर्गको लागि राहतको घोषणा भएपनी लामो लकडाउनले गर्दा उक्त रकम अपुग हुने बिज्ञहरु बताउछन् ।हालमै लाहान नगरपालिका ले सम्पन्न व्यापारी, उधोगपती, लगायत संघ संस्थालाई आफू खुशी राहतको निम्ति बैंकका अकाउन्ट सहितको सूचना जारी गरेको थियो ।
यता राहत बितरण प्रक्रियाको पनि जनस्तरमा व्यापक आलोचना भईरहेको छ । दुई केजी चामल बाँड्ने जनप्रतिनिधिले गरिबलाई बिचमा राखी चारैतिरबाट कार्यकताहरुले घेरेर सेल्फी लिने होडबाजी नै चलेको देखिन्छ । ती सबै आलोचनालाई मध्य नजर गर्दै सिरहाका निजि बिधालयहरुको साझा संगठ्न नेशनल प्यापसन लाहान नगरसमितीले बिना कुनै प्रचारबाजीको रु. एकलाख छ हजार पाँच सय रकमको सहयोग गरेको छ । उक्त रकम नेशनल प्याब्सनका नगर समितिले लाहान नगरपालिकाको खातामा जम्मा गरेको खबर एभरेस्ट कलेजका प्रीन्सिपल चक्रपाणी दहालले समाजीक संजालमार्फत सार्वजनिक गर्नुभएको छ ।