
मनोज बनैता, सिरहा, २ बैशाख । विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालमा उच्च सतर्कता अपनाइएको छ। नेपालमा यह महामारीले धेरै क्षति नपुर्याओस भन्दै लकडाउन १५ बैशाख सम्म लम्बाईएको छ । सरकारले देशको ठाउँठाउँमा क्वारेन्टिनको ब्यवस्था गर्ने कुरा गरिरहदा मुस्लिम आयोगले सरकारको यस काममा साथ एवं सहयोग गर्ने भएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गर्दै सरकारलाई क्वारेन्टिनको लागि मद्रसा ब्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।
प्रेस बिज्ञप्ती मा उल्लेख भए अनुसार त्यस्ता धेरै मद्र्साहरु छन जसमा होस्टेलको ब्यवस्था रहेको छ । मद्रसाहरुमा प्रयाप्त कोठाहरुको साथ साथै चर्पी, पानी र सानो चौर पनि रहेकोले उक्त स्थानलाई क्वारेन्टिन को लागि उपयोग गर्न मिल्ने बताईएको छ । साथै मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अनसारी ले मद्रसा ब्यवस्थापन समितिहरुलाई यस्तो महामारीको समयमा साथ दिन अपिल गरेका छन ।