
मनोज बनैता, सिरहा, ७ बैशाख । कोभिड -१९ महामारी को कारण भारत नेपालको सिमा पुर्णतया बन्द गरिएतापनी केही तस्करहरुले लकडाउनको बेलामा पनि तस्करीको नयाँ नयाँ विधि र तरिका अपनाएर लागुऔषध लगायतका सामानहरु ओसारपसार गर्नेगरेको पाईएको छ । सिमामा खटिएका हाम्रा सशस्त्र बल चाँहि हरेक पल्ट तस्कहरुको मनोबल तोडदै आएको छ । भर्खरै लकडाउनको मोका छोपी सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराज पुर गाउँपालिका ५ दशगजाबाट ३६ कार्टुन मदिरा बरामद गरिएको छ । पासपास सोफी भनिने मदिरा सशस्त्र द्वारा बरामद गरि ठाडी भन्सार पठाईएको जानकारी प्राप्त भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका डिएसपी प्रेम रावलको कमाण्डमा खटिएको गस्ती टोलीले राती २ः३० बजे खेतको बाटो हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा उक्त परिणामको मदिरा बरामद गरिएको हो ।
तस्करहरु प्रहरी टोलिलाई देख्ने बितिकै टाउकोबाट मदिराको काटुन फालेर फरार भएको सशस्त्र प्रहरीले बताएका छन । स्रोतको अनुसार बरामद गरेको अबैध मदिरा आबशयक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा ठाडी सिरहामा राखिएको छ ।