
मनोज बनैता, सिरहा, १२ बैशाख । कोभिड -१९ जस्तो महामारीको बेला लकडाउनको मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको खबर प्राप्त भएको छ । बलान बिहुल गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर तथा शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल तत्वले तोडफोड गरेको जानकारी उक्त गा.पा अध्यक्ष दयानन्द गोईतले दिएका छन ।
यता बिहिवार राती पुनः सुरुङ्गा नगरपालिका १० थल्हा (साविक को पटेर्वा -२) स्थित श्री श्री १०८ श्री सदा शिव राम जानकी मन्दिर मा आगजनी को खबर प्राप्त भएको छ । स्थानीय भाग्य नारायण यादवले दिएको जानकारी अनुसार मन्दिरमा रहेका सामानहरु यत्रतत्र फालेर आगो लगाईएको हो ।
बलानबिहुलमा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र बलद्वारा सुरक्षा निगरानी कडा पारिएको खबर छ । साँझ ७ बजे पछि स्थानीयलाई घरबाट न निस्किन उर्दी जारी गरेको छ । धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थान लगायतको ठाउँमा कडा निगरानी गरिएको प्रहरी स्रोतको दावी छ ।
समाजिक सद्भाव बिगार्न लागेका तत्वहरुलाई कार्यवाहीको घेरा भित्र ल्याउन बलानबिहुलका अध्यक्ष गोईतले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
यता, उछृङ्खल क्रियाकलापमा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।