१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

सप्तरीमा जनप्रतिनिधि बिच फेसबुक ‘युद्ध’, जनता राहतको पर्खाईमा

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

मनोज बनैता, सप्तरी, १४ बैशाख । कोराना को कहरले अस्तब्यस्त विश्व जगत यह महामारी संग लड्न लकडाउनको अवस्थामा छ । बिपन्न समुदाय लकडाउनको कारणले आर्थिक मार झेल्नुपर्ने अवस्था रहेको छ । सरकार ले ज्यालादारी कामगर्ने मजदुर, किसान, दलित, बिपन्न लगायतका वर्गलाई लक्षित गरि ल्याएको राहत सामग्री बितरणमा पनि धेरै गुनासो आउनेक्रम जारी छ भने कतिपय न.पा/गा.पा ले अहिले सम्म राहत नबाँडेको गुनासो पनि आईरहेको छ ।

सप्तरी को बलानबिहुल गा.पा ले राहत नबाँड्दा बिपन्न वर्ग सास्ती भोगीरहेको स्थानिय ले बताँउछन उता गा.पा. प्रमुख दयानन्द गोईत र उपाध्यक्ष रुबी गुप्ताको बिच फेसबुक युद्ध चलिरहेको अवस्था छ । समाजिक सन्जालमा एक अर्कालाई आरोप प्रत्यारोप गर्दै प्रमुख र उपप्रमुख आफ्नो कर्तव्य भुलेको स्थानीयको आरोप रहेको छ । यसरी एक अर्कालाई टिका टिप्पणी गर्दा समग्र गा.पा को नै बदनामी हुँदैगरेको स्थानीय युवा कृष्ण देव यादव बताउँछन् ।

गा.पा स्रोत ले भन्ने राहत प्रक्रिया अगाडि बढी सकेको जनाउदै २ दिन पछि बितरण कार्य प्रारम्भ हुने दावी गरेका छन् । स्रोत ले वार्डहरुबाट समयमा नामावली नआएकोले राहत बितरणमा ढिलाई भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]