
मनोज बनैता, सिरहा, १५ बैशाख । स्थानीय युवाको व्यापक बिरोध पछि सुखिपुर न.पा ले राहत बितरण शुरु गरेको छ । राहत का साथ साथै न.पा ले सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउन थालेको खबर प्राप्त छ ।
नगरपालिका ले आईतवार नै नामावली संकलन गरि आज सोमबार सुखीपुर नगरपालिका वडा नम्बर ९ मा ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचानगरी धमाधम राहत वितरण गरेको छ त्यसैगरि वडा नम्बर ८ मा पनि सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिएका छन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई प्रति परिवार ३० किलोको दरले चामल बितरण गरेका हुन । पालिका स्रोतअनुसार सबै वडामा ५ लाखको दरले १० वडामा ५० लाख रुपैयाँ बराबरको खद्यान वितरण गरिनेछ ।
त्यसैगरी ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाका सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताउनुभयो ।